सोमबार १५ बैशाख, २०८२
Monday, April 28, 2025

शिक्षकहरूमाथिको आक्रमण के जोगाउन हो? : अध्यक्ष लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्रका अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्र र गणतन्त्रको नाममा गरिने दमन तथा लुटतन्त्रको विरोध गरिरहने बताएका छन् । सरकारले चैत्र १५ गते निहत्था प्रदर्शनकारी तथा सर्वसाधारण माथि प्रहार गरेको अस्रुग्याँस तथा गोली गणतन्त्र जोगाउन थियो । आज शिक्षकहरू माथिको आक्रमण के जोगाउन गरिएको हो?,’ उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रश्न गरेका छन् ।

आइबार बानेश्वरमा भएको प्रदर्शनमा केही शिक्षक र पत्रकारसमेत घाइते भएका छन् ।