हिमालयन बैंकको बत्तीसपुतली शाखा स्थानान्तरण

हिमालयन बैंक लिमिटेडले बत्तीसपुतलीस्थित शाखा स्थानान्तरण गरिएको छ । बत्तीसपुतलीस्थित शाखा साबिक भवन/स्थानबाट स्थानान्तरण गरी बत्तीसपुतली वडा नम्बर ९ स्थित राम मन्दिर जाने बाटोसँगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट बैङ्किङ सेवा शुभारम्भ गरिएको हो ।
वैशाख १४ गतेदेखि उक्त शाखाबाट सम्पूर्ण बैङ्किङ सेवा प्रवाह भएको बैंकले जनाएको छ । उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले गरेका थिए । शाखाको शुभारम्भ कार्यक्रममा अन्य उच्चपदस्थ कर्मचारी तथा अतिथिहरूको उपस्थिति थियो ।
हाल बैंकले नेपालभरि १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८४ एटीएम, ८,००० भन्दा बढी पस टर्मिनल र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रबाट आफ्ना ग्राहकलाई बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ ।

चाँगुनारायणमा विदेशी पर्यटकः वार्षिक एक करोड १९ लाख आम्दानी

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

मौरीपालनबाट वार्षिक ६५ लाख आम्दानी

तीन म्युचुअल फण्डको नगद लाभांश घोषणा, ब्लुचिप फण्डको प्रतिफल सबैभन्दा उच्च

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेपालको प्रतिव्यक्ति आम्दानी वृद्धि हुँदा विश्व बैंकले ऋणको ब्याजदर ०.७५ प्रतिशत…

प्रतिक्रिया