शिक्षा मन्त्रीले नयाँ बिधेयक पारित गराउने

प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः ०० बजे बोलाइएको छ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको बिषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर गर्ने जानकारी गराउने छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवम सुशासन (व्यवस्थापन र सञ्चालन ) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७९८०, २०८०८१ पेश गर्ने छ्न्।
उता, संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाली नागरिक उडडयन प्राधिकरण, २०८१ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
साथै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘शिक्षा, स्वास्थ्य तथा सुचना प्रबिधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य बिज्ञान विश्वबिधालय बिधेयक, २०८० माथी छलफल गरियोस् र सो विधेयक पारित गरियोस्’ भन्ने प्रस्ततु गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …
एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

प्रतिक्रिया