गोहीको गुँडबाट अण्डा संकलन थालियो

चितवन- चितवन राष्ट्रिय निकुञ्जले आजदेखि राप्ती नदीमा रहेका घडियाल गोहीका गुँडबाट अण्डा संकलन सुरु गर्न लागेको छ। निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार १८ वटा गुँड पहिचान गरी ती गुँडबाट अण्डा संकलन सुरु गर्न लागिएको हो।
राप्ती नदी क्षेत्रमा गत चैत १ गतेदेखि गुँड खोजी सुरु गरिएको थियो। भेटिएका गुँडबाट अण्डा संकलन सुरु गर्न लागिएको उनको भनाइ छ।
यही वैशाख १० गतेसम्म निकुञ्जले राप्ती नदीमा गुँड खोजी गरेको थियो। गत वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ वटा गुँडबाट अण्डा निकालिएको थियो। यसवर्ष दुई सयभन्दा बढी अण्डा संकलन हुने अनुमान गरिएको उनले बताए। यसवर्ष राप्ती नदीको पूर्वबाट सुरु अण्डा संकलन गरिने छ।
गत वर्ष २४७ वटा अण्डा संकलन गरी कोरलिएको थियो। उनले भने, ‘अहिले गुँड धेरै भेटिएकाले यस वर्ष धेरै गुँडको अण्डा निकालिने अनुमान गरेका छौँ।’ निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर नदी किनारका जोखिमा रहेका गुँडबाट अण्डा संकलन गरेर प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गरिन्छ।
कोरलिएका बच्चा हुर्काएर पुनः विभिन्न नदीमा छोड्ने गरिएको छ। यहाँ हुर्किएका घडियाल गोही नारायणी, राप्ती, कर्णालीलगायतका नदीमा छाडिँदै आएको छ। पछिल्लो समयमा राप्ती र नारायणीमा मात्रै छाड्ने गरिएको छ। सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो।

गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

आजको मौसमः चार प्रदेशमा बर्षा र हिमालमा हिमपात हुने

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

सगरमाथा चढन तयारीमा रहेका असई छन्त्याललाई प्रधानमन्त्रीको बिदाई

पत्रकार कार्की माथी हमला गर्ने माथी कारबाही गर्न प्रेस चौतारीको माग

बानेश्वरको झडपमा पत्रकारसहित ५० बढी शिक्षक घाइते

भरतपुरमा सुत्केरी महिलालाई पौष्टिक खाना र यातायात खर्च निःशुल्क

प्रतिक्रिया