चार महिनापछि सञ्चालनमा आयो यारी नाका भन्सार कार्यालय

अदानचुली- हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो ।
कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सामा पुगेपछि सेवा सुरु भएको हो । ‘तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय बन्द गरिएको थियो, कार्यालय आइतबारदेखि फेरि सञ्चालनमा आएको छ,’ कार्यालय प्रमुख जैसीले बताए ।
सदरमुकामबाट यारी नाका भन्सार कार्यालय जान नारा लेख काटेर जानुपर्ने हुन्छ । हिमपात हुने समयमा उक्त सडकखण्ड पूर्ण रुपमा बन्द हुन्छ । नारा लेकमा जमेका हिउँ हिल्सा सिमकोट सडक योजनाले पन्छ्याउन थालेकोले यातायात सेवा पनि चाँडै सञ्चालमा आउने अपेक्षा गरिएको छ ।
यातायात सेवा सञ्चालनमा आए ताक्लाकोटबाट पनि सामान आयात पुनः सुरु हुनेछ ।

अमृत भोग बासमती चामलको ग्रान्ड डिलर कार्यक्रमको शुभारम्भ
मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभा सकियो

उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रशारणलाइन धमाधम

सुनको मूल्य घट्यो
_SaqO5ZvX4E_zjmukvsxbd06pjybli2ls6n1htrjzr0knsghwpzk4b6cubs5l9vulmbt20mu_BRjd8m3Nl0_6rk9zyg3u5rqpwkujpcl9laxxmuxturbfmk9go0m2dbptrqfei0h8n1gpe4o.jpg)
आरोहीको भीडले गुलजार बन्यो सगरमाथा आधारशिविर

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर

यामाहाद्वारा काठमाडौं उपत्यकाभरि उत्साहजनक एक्सचेन्ज अफरको घोषणा

प्रतिक्रिया