बीमाको 'फेक क्लेम' गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्छ : मन्त्री पौडेल

काठमाडौँ- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य सहायता तथा राहत कार्यक्रमलाई एकीकृत गरेर व्यवस्थापन गरिने बताएका छन् । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको बार्षिकोत्सवका अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले विभिन्न निकाय तथा मन्त्रालयमार्फत छरिएर सञ्चालन भइरहेका स्वास्थ्य सहायता तथा राहत कार्यक्रमहरुलाई एउटै संरचनाभित्र समेटेर एकीकृत व्यवस्थापन गरिने बताएका हुन् ।
उनले डुब्न लागेको स्वास्थ्य बिमालाई उतार्नका लागि नियमित आम्दानी सुरक्षित कोष निर्माण हुने गरि बिकास गर्नुपर्ने बताए । हरेक वर्ष एक खर्वभन्दा बढि आम्दानी हुने गरि बिमाको आय प्रणाली बिकास हुनुपर्ने उनको भनाइ छ ।
उनले योगदान गर्न सक्ने नागरिकले योगदान गर्ने र योगदान गर्न नसक्नेहरुका लागि राज्यले प्रिमियर दिनुपर्ने जिकिर गरे । मन्त्री पौडेलले बीमाको फेक क्लेम गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्नेमा जोड दिए ।
बार्षिकोत्सवका असरमा अस्पतालमा स्थापना गरिएको मध्यपुर रक्तसञ्चार केन्द्रको मन्त्री पौडेलले उद्घाटन गरेका थिए । अस्पतालले दैनिक एक हजार भन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिरहेको जनाएको छ ।

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री पौडेल

मन्त्रालयले सातै प्रदेशमा पठायो रेविजविरुद्धको ५१ हजार भायल खोप

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

प्रतिक्रिया