भारतमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु

काठमाडौँ- भारतको मध्य प्रदेश राज्यको मन्दसौर क्षेत्रमा आइतवार भएको एक दुखद दुर्घटनामा १२ जनाको ज्यान गएको छ । उनीहरू मन्दिर जाँदै गर्दा चढेको सवारी साधन अनियन्त्रित भई इनारमा खसेको प्रहरीले पुष्टि गरेको छ ।
स्थानीय समाचार अनुसार सवारीले पहिला एक मोटरसाइकललाई ठक्कर दिएको थियो र त्यसपछि चालकको नियन्त्रण गुम्दा इनारमा खसेको हो । मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भयो । इनारमा खसेका यात्रुहरूलाई बचाउन प्रयास गर्ने एक व्यक्तिको पनि ज्यान गएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई प्रति व्यक्ति दुई लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरे । (एपी/एएफपी)

पुटिनको सुरक्षामा स्तरोन्नति, ड्रोन लिएर हिँड्न थाले अंगरक्षक

अस्ट्रेलियाको बालमैत्री नीतिः युट्युब प्रयोगमा नयाँ सीमा लागू हुँदै
म्यान्माको चुनावको आलोचना गर्नेलाई जेल सजाय

ग्वाटेमालामा शवदाह गृहमा आक्रमण, कम्तीमा सात जनाको मृत्यु

चीनमा बस दुर्घटनाः १० जनाको मृत्यु, चार जना अझै बेपत्ता

ट्रम्पद्वारा भारतमाथि २५ प्रतिशत आयशुल्क घोषणा, रुससँगको व्यापारप्रति चिन्ता व्यक्त

रूसको भूकम्पले जापानसम्म सुनामी, सतर्क हुन चेतावनी

प्रतिक्रिया