पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।
प्रगतिशील नेपाली समाजको अधिवेशनमा भाग लिन शुक्रबार भारत पुगेका अध्यक्ष भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।
भेटका क्रममा उनीहरूबीच दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे सकारात्मक छलफल भएको पूर्वप्रधानमन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार विशेषगरी दुई देशबीचको आर्थिक सम्बन्धलाई कसरी नयाँ उचाइमा पुर्याउने र थप प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको थियो ।
भेटमा अध्यक्ष भट्टराईले भारतको कश्मिर क्षेत्रको पहलगाममा भएको आतङ्कवादी हमलाबारे दुःख व्यक्त गर्दै निन्दा तथा भर्त्सना गरेका थिए ।
‘समाजवादको सुदृढीकरणका लागि बिपीको सिद्धान्त अनुसरण गर्न आवश्यक’

निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइनेछ : मन्त्री अधिकारी

नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे
उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पुर्याएको छ : सभापति देउवा

शिक्षकलाई विद्यालय फिर्ताको वातावरण बनाउन सांसदको माग

सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै

प्रतिक्रिया