‘होस्टेल ३’ले रञ्जना सिनेमा हलमा मनायो ५१ दिन, विशेष कार्यक्रममा कलाकार र टिम सम्मानित

काठमाडौँ- गत फागुन २३ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘होस्टेल ३’ले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा लगातार ५१ औँ दिन पूरा गरेको छ । यस अवसरमा ५१ दिनको प्रदर्शनको उपलब्धिलाई स्मरणीय बनाउन विशेष कार्यक्रम सोमवार आयोजना गरिएको छ । चलचित्रले शनिवार नै ५१ दिन पूरा गरेको थियो । विभिन्न कारणले दुई दिन ढिला गरी कार्यक्रम आयोजना गरिएको निर्देशक सशान कँडेलले जानकारी दिए ।
सो अवसरमा चलचित्र युनिटलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख कलाकारहरू पारस बम ९कुलब्वाय०, सिम्रन पन्त, हेना नगरकोटी, आशिष घिमिरे र सन्तोष बानियाँको उपस्थिति रहेको थियो भने, पदम तामाङ, रिहान गिरी, समा पराजुली र उमर खान अनुपस्थित रहे ।
कार्यक्रममा चलचित्रमा विशेष भूमिका निभाएका लोकप्रिय कलाकार केदार घिमिरे पनि सहभागी भएका थिए । उनले ‘होस्टेल ३’मा अभिनय गरेका नयाँ कलाकारहरूको पहिलो चलचित्र नै सफल भएकोमा खुसी व्यक्त गर्दै, आफ्नो छोरा आशिष घिमिरेसहित अन्य कलाकारहरूको सफलताले आफू भावुक बनेको बताए ।
नयाँ पुस्ताका कलाकारहरूले आफ्नो पहिलो चलचित्र नै दर्शकको प्रेमले सफल बनाएको भन्दै आभार प्रकट गरे । उनीहरूले ‘होस्टेल ३’लाई आफूहरूका लागि ुविश्वविद्यालयु भएको बताउँदै यस चलचित्रबाट सिकेको अनुभव अमूल्य रहेको उल्लेख गरे ।
निर्देशक सशान कँडेल, लेखक तथा एसोसियट निर्देशक माधव शर्मा र निर्माता कर्ण कार्कीले चलचित्रलाई साथ र समर्थन गरेका दर्शक तथा पत्रकारहरूप्रति धन्यवाद व्यक्त गरे ।
‘होस्टेल’ चलचित्र शृङ्खला नेपाली चलचित्र क्षेत्रमा नयाँ पुस्ताका कलाकारहरूलाई स्थापित गर्ने चलचित्रका रूपमा चिनिन्छ । यसको तेस्रो श्रङ्खला ुहोस्टेल ३ुले पनि व्यापक सम्भावना बोकेका केही कलाकारलाई परिचित गराएको छ ।
यस चलचित्रमा पारस बम ‘कुलब्वाय’, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।
चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।

निर्देशक साजिद माथी हिराेइनकाे गम्भीर आरोप, भनिन, 'घरमा बोलाएर कपडा उतार्न …

भ्युज भएन नो टेन्सन, अब ४ अन्य तरिकाले युटयुबवाट कमाउनुहोस् पैसा

‘ऊनको स्वीटर साँझ पोखरा’मा हजारौँ दर्शकमाझ सुजन चापागाईँको प्रस्तुति, तीन नय…

‘महाभोज’को आमाहरूमा समर्पित भिडियो सार्वजनिक, दया र वसुन्धराको संवादमा कथाक…

तरहरा राष्ट्रिय कविताको प्रथम ताज अविनाश भट्टराईलाई: अधिकारकर्मी परियार देखि …

१०० देशमा प्रतिबन्ध लागेको विश्वको सबैभन्दा विवादित फिल्म

पठानका निर्माताले शंकरको जीवनीमा फिल्म बनाउँदै

प्रतिक्रिया