सगरमाथा पदयात्रामा अमेरिकी पर्यटक सम्पर्कविहीन

सोलुखुम्बु- सगरमाथा क्षेत्रमा पदयात्रामा गएका एक अमेरिकी पर्यटक सम्पर्कविहीन भएका छन् ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाका अनुसार सम्पर्कविहीन हुनेमा ६३ वर्षीय अमेरिकी नागरिक वाइ मा छन् । “उहाँ गत बुधबार सगरमाथा राष्ट्रिय निकुञ्जको चेकपोस्टमा ‘इन्ट्री’ भएका थिए । त्यसपछि सम्पर्कमा आउनुभएको छैन,” उनले भने । हिमपातका कारण खोजी गर्न समस्या भएको छ ।
हिमपातका कारण सगरमाथा आरोहण पनि प्रभावित भएको छ । अधिकांश आरोहीहरु आधार शिविरमै रोकिएका छन् । प्रशासन र सम्बन्धित निकायले प्रभावित क्षेत्रका पर्यटक तथा स्थानीयको सुरक्षालाई प्राथमिकतामा राखेर उद्धार र व्यवस्थापनका लागि समन्वय गरिरहेको जनाएको छ ।
विदेशबाट फर्केर माछा पालनमा रमाएका भोजपुरका ‘कमल’

करेन्ट लागेर जंगली हात्ती मर्यो
श्रमदानमा ओडारे–भण्डारे सिँचाइ कुलो निर्माण

अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार

बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो

प्रतिक्रिया