‘खलनायक २’ मा पल र पुष्प

काठमाडौं : १२ वर्षअघि ‘खलनायक’शीर्षकमा फिल्म बनाएका रोज राणाले सोही नाममा अर्को फिल्म बनाउने घोषणा गरेको लामो समय भइसक्यो । ‘खलनायक २’ शीर्षकमा बन्न लागेको फिल्म रोज राणाले फिल्मको सुटिङ बैशाखमा नै गर्ने तयारी पनि गरेका थिए । तर, बीचैमा कोभिड–१९को महामारी सुरु भएपछि सुटिङ रोकियो । बीचमा भदौमा सुटिङ गर्ने रोजको तयारी थियो तर भदौमा पनि काठमाडौंमा संक्रमण कम नभएपछि सुटिङ गर्ने योजना दोस्रो पटक तुहियो ।
अब भने रोज माघ अन्तिमदेखि सुटिङ गर्ने योजना छन् । तर, रोजले अहिलेसम्म पनि आफूबाहेक अरु कलाकारको टुंगो लगाउन सकेका छैनन् । रोजले एउटा भूमिका आफैंले निर्वाह गर्ने र बाँकी दुई मुख्य भूमिकाका लागि पल शाह र पुष्प खड्कालाई प्रस्ताव गर्ने योजना सुनाए । ‘यो पटक भिलेनको भूमिका म आफैं गर्ने सोचमा छु । फिल्ममा दुई हिरो छन्, यसका लागि भने पल शाह र पुष्प खड्कालाई कुरा गरुँ भन्ने लागिरहेको छ,’ उनले भने, ‘पुष्पसँग त एकचरण कुरा पनि भइसकेको छ । अब केही दिनमै पलसँग पनि कुरा हुन्छ ।’
उनले हिरोसँगै हिरोइन पनि फाइनल गर्ने जानकारी गराए । फिल्मको निर्देशनको जिम्मा भने रोजले गोविन्दसिंह भण्डारीलाई लगाएका छन् । गोविन्दले यसअघि ‘रणवीर’को निर्देशन गरेका थिए ।पहिलो ‘खलनायक’मा राजेश हमाल, निखिल उप्रेति र बिराज भट्टको मुख्य भूमिका थियो । फिल्ममा झरना थापाले लिडिङ लेडीको रुपमा अभिनय गरेकी थिइन् । ऋषि न्यौपानेले निर्देशन गरेको फिल्म उसबेला व्यवसायिक रुपमा सफल मानिएको थियो ।

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_1lNKuV6T9I_hy1fvpzbsymtohtsby3fxg7zeqx8lt5uo5inywfpy8glqfnbitt4zukuhrdr.jpg)
सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

क्यामरूनको ‘अवतारः ३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै घोषणा गरिने

बुद्ध दर्शनको दस्तावेज – अर्हत्

प्रतिक्रिया