ट्रम्पद्वारा ‘नक्कली’ न्यून अनुमोदन सर्वेक्षणबारे छानबिन गर्न निर्देशन

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा फर्केको १०० दिन नबित्दै रिपब्लिकन पार्टीका लागि निराशाजनक अनुमोदन रेटिङ देखाएको ‘भुट्टा सर्वेक्षण’को आलोचना गरेका छन् ।
वासिङ्टन पोस्ट र एबीसी न्युजले गत साता गरेको सर्वेक्षणमा ३९ प्रतिशत अमेरिकीले मात्र ट्रम्पको कार्यसम्पादनलाई अनुमोदन गरेको देखाएको थियो भने न्युयोर्क टाइम्सले गरेको सर्वेक्षणमा यो सङ्ख्या ४२ प्रतिशत रहेको थियो ।
पोस्टका अनुसार ४० प्रतिशतभन्दा बढी अमेरिकीले ट्रम्पलाई अस्वीकार गरेका छन् ।
प्रसिद्ध अमेरिकी सर्वेक्षक जोन म्याकलफलिनले नतिजालाई न्यूयोर्क टाइम्स, एबीसी र वाशिङ्गटन पोस्टको अविश्वासिलो (फेल भएको) सर्वेक्षण भनेका छन् ।
म्याकलफलिन राष्ट्रपतिका निकट समर्थक र रिपब्लिकन अनुसन्धाता हुन् । उनले सर्वेक्षणको नतिजा लगातार ट्रम्पको पक्षमा प्रकाशित गर्दै आएका छन् ।
लामो समयदेखि मूलधारको सञ्चारमाध्यमको आलोचक रहेका राष्ट्रपति ट्रम्पले सर्वेक्षणकर्ता र समाचार संस्थाहरू ‘ट्रम्प डिरेन्जमेन्ट सिन्ड्रोम’ बाट पीडित भएको आरोप लगाए ।
उनले भने, “यी व्यक्तिहरूलाई निर्वाचन अनियमितताको लागि अनुसन्धान गरिनुपर्छ ।”
प्यू रिसर्च सेन्टरका अनुसार बिल क्लिन्टन र हाल ट्रम्पबाहेक रोनाल्ड रेगनसम्मका अमेरिकी राष्ट्रपतिको कार्यकालको पहिलो १०० दिनको अनुमोदन दर ५० प्रतिशत रहँदै आएको थियो ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा सरकारी निकायहरूलाई कटौती गर्ने, मित्र हरू र शत्रुहरूसँग समान रूपमा व्यापार युद्ध सुरु गर्ने र आप्रवासन निरूत्साहनका लागि न्यायपालिकाको सामना गर्ने सीमाबाट बाहिर निस्केको उनका आलोचकहरूले बताउने गरेका छन् ।
सर्वेक्षणले ह्वाइट हाउसको आर्थिक नीतिप्रति बढ्दो अविश्वासलाई प्रतिबिम्बित गरे तापनि निराशावाद ट्रम्पका समर्थकहरूको मूल आधारसम्म पुग्न सकेको छैन ।
ट्रम्पको लागि कम अनुमोदन दर देखाउनु उनको शक्तिमा क्षयीकरण गर्ने विभाजकको रूपमा सर्वेक्षणहरू आएका छन् । यो उहाँको पहिलो कार्यकाल सन् २०१७ को पहिलो १०० दिनको नतिजाजस्तै समान देखिएको छ ।
प्यूका अनुसार आजको अति विभाजित राजनीतिक अमेरिकामा ७० प्रतिशत रिपब्लिकन मतदाता र रिपब्लिकन झुकाव भएका स्वतन्त्र मतदाताले अझै पनि ट्रम्पको कर वृद्धिको समर्थन गरेका छन् भने ९० प्रतिशत डेमोक्र्याटले यसको विरोध गरेका छन् । (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_afMnwqnG2q_hdtee7gxhxeuuaiszeb7zbcuvdcu7wwfm7vpfqna50acjic3by611wypin90.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया