मंगलबार ०६ साउन, २०८२
Tuesday, July 22, 2025

प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने

काठमाडौँ- प्रतिनिधिसभाका बैठक बस्दैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११:०० बजेबाट सुरू हुनेछ ।

आजको बैठकमा शिक्षा, बिज्ञान तथा प्रबृधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पति भएको ‘तिलगंङ्गा नेत्र विश्वविद्यालय, विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । 

उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको भन्सार विधेयक, २०८० माथी छलफल गरियोस्’ र सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उता, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले ‘कानुन, न्याय तथा मानव अधिकारी समितिको प्रतिवेदन सहितको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव गर्ने तथा सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।