क्यानडामा ट्रम्प विरोधी लिभरल पार्टी विजयी, कार्नी पुनः प्रधानमन्त्री हुने

टोरोन्टो- मार्क कार्नी नेतृत्वको लिबरल पार्टीले क्यानडाको चुनावमा जित हासिल गरेको छ ।
सार्वजनिक प्रसारणकर्ता सीबीसीका अनुसार कार्नीले अबको सरकार बनाउने छन् ।
क्यानडाको लिबरल पार्टी जो प्रधानमन्त्री मार्क कार्नीको नेतृत्वमा रहेको छ । सो पार्टी देशको संघीय चुनाव जित्ने बाटोमा अग्रणी स्थानमा रहेको छ ।
क्यानाडाली मिडियाका अनुसार अथक उत्तेजना र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ट्यारिफलाई दण्डित गर्ने अभियान पछि उनी सरकार निर्माण नजिक पुगेका हुन्।
क्यानडाका मिडियाले लिबरलहरूले लगातार चौथो सरकार गठन गर्न पर्याप्त सिट जित्ने अनुमान गरेका छन्। तर मतगणना अझै भैरहेको छ । सीबीसी न्यूजले यो अल्पमत वा बहुमतको सरकार हुनेछ भन्ने कुरा भन्न धेरै चाँडो हुने बताएको छ किनभने कुनै पार्टीलाई बहुमत बनाउन १७२ सिट चाहिन्छ।
तत्कालिन प्रधानमन्त्री जस्टिन ट्रूडोले गत महिना राजीनामा गरेपछि पूर्व केन्द्रीय बैंकर कार्नी (६०)ले आफ्नो पार्टीको नेतृत्वको प्रतिस्पर्धामा विजयी भएपछि ट्रम्प विरोधी भावनाको लहरको नेतृत्व गरेका थिए । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ‘५१ औं राज्य’ को रूपमा गाभ्ने धम्कीको बिरूद्ध जनताको नेतृत्व गरेका थिए । र, उनले क्यानाडाको रक्षालाई आफ्नो केन्द्रीय अजेन्डा बनाएका थिए ।
‘म क्यानाडालाई कमजोर पार्ने, हामीलाई कमजोर पार्ने, अमेरिकाले हाम्रो स्वामित्वमा राख्नको लागि हामीलाई तोड्ने कुनै पनि प्रयासलाई अस्वीकार गर्दछु,’ कार्नीले अमेरिकाको नजिकको सहयोगी र व्यापारिक साझेदार क्यानाडामा बढेको व्यापार शुल्कको धम्कीको जवाफमा मार्चको अन्त्यमा पत्रकारहरूलाई भने, ‘हामी आफ्नै घरमा मालिक हौं।’
अन्ततः उनको पार्टीले सरकार निर्माण गर्न आवाश्यक १७२ सिट मध्ये १५६ सिटमा जीत हासिल गर्ने पक्कापक्की देखिएको छ । उनलाइ सरकार बनाउन अब कम्तिमा पनि १६ मत चाहिन्छ ।
त्यसका लागि उनले बिक्यु, एनडिपी वा ग्रिन पार्टीको समर्थन लिन सक्छन किनभने यी पार्टीले क्रमशः २५, १० र २ गरी ३७ सिटमा जीत हासिल गरेका छन् ।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_afMnwqnG2q_hdtee7gxhxeuuaiszeb7zbcuvdcu7wwfm7vpfqna50acjic3by611wypin90.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया