मार्श चम्किदा अष्ट्रेलियाको पहिलो जित
काठमाडौँ : मिचेल मार्शले ब्याटिङ र बलिङमा शानदार प्रदर्शन गरेपछि वेष्ट इन्डिजविरुद्धको टी-ट्वान्टी श्रृङ्खलामा अष्ट्रेलियाले पहिलो जित निकालेको छ । आइसलेटमा अष्ट्रेलियाले चौथो टी-ट्वान्टी क्रिकेट ४ रनले जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८९ रन बनाएको थियो । उसका लागि मिचेल मार्शले सर्वाधिक ७५ रन र कप्तान आरोन फिन्चले ५३ रन बनाए । विष्फोट ब्याटिङ गरेका मार्शले ४ चौका र ६ छक्का प्रहार गरेका थिए । वेष्ट इन्डिजका हाइडेन वाल्सले ३ विकेट लिए ।
१९० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८६ रन मात्रै बनाउन सक्यो । अन्तिम १२ बलमा जितका लागि ३६ रन चाहिएकोमा वेष्ट इन्डिजले ३१ रन मात्रै बनाउन सक्यो ।
वेष्ट इन्डिजको ओपनिङ ध्वस्त पार्न अष्ट्रेलियाका मिचेल मार्शले ३ विकेट लिए । यस्तै एडम जाम्पाले २ विकेट लिए । यससँगै अष्ट्रेलियाले वेष्ट इन्डिजविरुद्धको टी-ट्वान्टी श्रृङ्खलामा पहिलो जित निकालेको हो । पाँच खेलको श्रृङ्खला यसअघि नै गुमाइसकेको अष्ट्रेलियाले सिरिज ३-१ को अवस्थामा ल्याएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया