रबि लामिछाने र रबिन्द्र मिश्रलाई प्रतिशोधपुर्ण रूपमा थुनियोः मनिष झा

रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र र पार्टी सभापति रबि लामिछानेको थुनाका बारेमा प्रश्न उठाएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा रास्वपा सांसद मनिष झाले प्रधानमन्त्री केपी शर्मा ओलीले नियतबस मिश्र र लामिछानेलाई थुनामा राखेको आरोप लगाएका हुन् ।
‘रविन्द्र मिश्रज्युको व्यवहार र विचारप्रति मेरो सहमति नहोला तर उहाँमाथि राज्यले गरिराखेको दुर्व्यवहार प्रति मेरो घोर विमति छ । त्यो व्यवहारमा सरकार सच्चियोस् । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले मंगलबारेका संसद बैठकमा भने, ‘यही १४ गते काठमाडौंमा सम्माननीय प्रधानमन्त्रीज्यूले एउटा स्टेटमेन्ट दिनुभयो– नयाँ दलबाट आएका केहीलाई ठिक पार्नुथियो, एक झापो लगाएर हिरासतमा पुर्याए ।
उहाँलाई धन्यावाद छ स्वीकार्नुभयो कि राजनीतिक प्रतिशोध नै रहेछ । म आग्रह गर्न चाहन्छु आइन्दा यो विषयमा विवाद गर्न नआउनु होला ।’

प्रधानमन्त्री मधेश प्रदेशमा, ६४ सडकको एकैसाथ शिलान्यास

राजनीतिक संयन्त्र र पदाधिकारी बैठकको निर्णय प्रजातान्त्रिक विधिले चिन्दैनः नैनस…

खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

कमल थापा पक्राउ

रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो

प्रचण्ड गणतन्त्रको संस्थापक हुन्, गणतन्त्र ढल्न खोज्दा परेको पीरले बोलेको कुरालाई …

प्रतिक्रिया