‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न मिलेर काम गरौँ’

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रका तीनै तह मिलेर काम गर्नुपर्ने प्रस्ताव प्रस्तुत गरेका छन् । स्वास्थ्य समन्वय समितिको तेस्रो बैठकको अध्यक्षता गर्दै उहाँले तीन तहले छरिएर काम गर्दा नतिजा निस्कन गाह्रो भएकाले मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले भने, “एक अर्काले फरकफरक ढङ्गले काम गरेर नतिजा दिन गाह्रो छ । बजेट नदोहोरिने गरी अहिलेका स्वास्थ्य समस्या समाधान गर्न मिलेर काम गरौँ ।”
स्थानीय तह, प्रदेश तथा सङ्घअन्तर्गतका अस्पतालमा भने जति जनशक्ति र स्रोत साधन पुर्याउन नसकिएको भन्दै मन्त्री पौडेलले एक अर्काका अस्पतालमा तीनै तहले सहकार्य गर्ने हो भने अहिलेकै जनशक्ति र स्रोत साधनबाट समेत अधिकतम नतिजा दिन सकिने बताए ।
मन्त्री पौडेलले उपचारात्मक सेवा सुधारसँगै रोग लाग्न नदिनका लागि निरोधात्मक पद्धतिमा काम गर्ने प्रयास सङ्घ सरकारले गरिरहेको भन्दै यसमा प्रदेश र स्थानीय तहबाट सहयोग अपेक्षा गरिएको बताए । उनले सबै तहमा बीमालाई व्यवस्थित गर्न सहकार्य आवश्यक रहेको भन्दै यसका लागि समेत सहकार्यको प्रस्ताव गर्नुभयो ।
बैठकमा विभिन्न प्रदेशका स्वास्थ्यमन्त्री, नगरपालिका तथा गाउँपालिका महासङ्घका प्रतिनिधि तथा ललितपुर महानगर प्रमुख, बिमा बोर्डका कार्यकारी निर्देशकसँगै मन्त्रालयका अधिकारीहरू सहभागी हुनुहुन्थ्यो । ---

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

पार्टीले स्पष्टिकरण सोधेको भन्ने बिषय निराधार : रामकुमारी झाँक्री

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आह्वान

आज तीनवटा संसदीय समितिका बैठक बस्दै

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

प्रतिक्रिया