सरकार र शिक्षक महासंघको वार्तापछि यसो भन्छन् शिक्षामन्त्री पन्त

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् ।
शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि उनले मङ्गलबार रातिको वार्तापछि मन्त्रालयमै सञ्चारकर्मीलाई जानकारी दिएका हुन् ।
वार्तामा शिक्षक पनि सकारात्मक रुपमा प्रस्तुत भएको जनइएको छ । शिक्षामन्त्री रघुजी पन्त र महासंघका पदाधिकारीबीचको वार्ता मङ्गलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए ।
साथै महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी भएको जनाइएको छ । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच सोमबार भएको वार्ता सकारात्मक रुपमा अघि बढेकामा आज पुनः वार्ता भएको हो ।
शिक्षक संघ सङ्गठनहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ ।

लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण: शैक्षिक अवलोकन र सांस्कृतिक आदानप्रदान
_qB7XDNlX8t_gavt4ocfksdwut3vyfmlwmpttgt4ei2dgmdifi2ebt4tnewhgpaluntwcnad_yUXn959Evn_uznnnv0hjswj3pluve8mqdrkj0dex1fxip7byfhg3cghttclxe1vqaedjqtb.jpeg)
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

एसईईमा परीक्षा ६१.८१ प्रतिशत ग्रेडेड

एसईईको नतिजा सार्वजनिक

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

प्रतिक्रिया