'क्यानाडाका कार्नीसँग काम गर्न उत्सुक'

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार आफ्ना क्यानाडाली समकक्षी मार्क कार्नीलाई चुनावको जितका लागि बधाई दिँदै नयाँदिल्ली र ओटावाबीचको सम्भावित सम्बन्ध पुनःस्थापित हुने आशा व्यक्त गरेका छन् ।
“हामी हाम्रो साझेदारी सुदृढ गर्न र हाम्रा जनताका लागि थप अवसरहरू खोल्न तपाईंसँग काम गर्न तत्पर छौँ”, मोदीले एक वक्तव्यमा भने, “भारत र क्यानाडा साझा लोकतान्त्रिक मूल्यहरू, कानूनको शासनप्रति दृढ प्रतिबद्धता र जीवन्त जनता–देखि–जनता सम्बन्धहरूले बाँधिएका छन् ।”
क्यानाडा र भारतबीचको सम्बन्ध एक क्यानाडाली सिखको हत्यामा नयाँदिल्लीको संलग्नताको आरोप पश्चात तनावग्रस्त भएको थियो । उक्त आरोपलाई भारतले अस्वीकार गरेको थियो ।
क्यानाडा भारत बाहिरको सबैभन्दा ठूलो सिख समुदायको घर हो र यसमा ‘खालिस्तान’ का कार्यकर्ताहरू समावेश छन् । खालिस्तान भारतीय क्षेत्रबाट कोरिएका धार्मिक अल्पसङ्ख्यकहरूका लागि स्वतन्त्र राज्यको खोजी गर्ने एउटा पृथकतावादी आन्दोलन हो ।
ओटावाले यसअघि भारतलाई सन् २०२३ मा भ्यानकुभरमा ४५ वर्षीय क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्या गरेको र आन्दोलनसँग सम्बन्धित अन्य सिख कार्यकर्ताहरूलाई लक्षित गरेको आरोप लगाएको थियो ।
भारतले बारम्बार ती आरोपहरूलाई खारेज गरेको छ । यसले कूटनीतिक सम्बन्धहरूलाई तल झार्यो र दुवै राष्ट्रले गत वर्ष शीर्ष कूटनीतिज्ञहरूको एक शृङ्खलालाई निष्कासन गरे ।
खालिस्तान अभियान भारतको सन् १९४७ को स्वतन्त्रतादेखि सुरु भएको हो र यो अभियानलाई एक प्रधानमन्त्रीको हत्या र यात्रु जेटको बम विस्फोटका लागि दोषी ठहराइएको छ ।
यो भारत र ठूलो सिख जनसङ्ख्या भएका धेरै पश्चिमी राष्ट्रहरू बिचको कटु मुद्दा भएको छ ।
नयाँदिल्लीले भारतमा प्रतिबन्धित खालिस्तान आन्दोलनविरुद्ध कडा कारबाहीको माग गर्दछ । यसमा प्रमुख नेताहरूलाई ‘आतङ्कवाद’ को आरोप लगाइएको छ । (एएफपी)

रूसको पुर्वी भागमा ८.८ रेक्टरको शक्तिशाली भूकम्प

चीनमा बच्चा जन्माउने बाबुलाई १५ सय डलर, ३० दिन बिदा
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_M6xlrRtaZh_kdl8mooiadoqrw2ge74izmkf2hrxua6zlcwjsiies9qddwtgmedf6d0eqgum.jpg)
भारी वर्षा र भूस्खलनबाट उत्तरी चीनमा ३० जनाको मृत्यु

भारत : सडक दुर्घटनामा १८ हिन्दू तीर्थयात्रीको मृत्यु

अमेरिका-ईयु सम्झौताः व्यापारिक सहकार्यसँगै आर्थिक सन्तुलनको नयाँ चरण

गाजामा भोकमरी चरम सीमामा, संयुक्त राष्ट्रसंघद्वारा गम्भीर चिन्ता व्यक्त

गाजामा इजरायली हमलामा ३० जनाको मृत्यु

प्रतिक्रिया