उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु

बेइजिङ- उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा भएको आगलागीमा मङ्गलबार २२ जनाको मृत्यु भएको र तीन जना घाइते भएको बेइजिङको सरकारी प्रसारकले जनाएको छ ।
राजधानी बेइजिङबाट करिब पाँच सय ८० किलोमिटर उत्तरपूर्वमा रहेको लियाओयाङ सहरमा आगलागी भएको हो ।
“अप्रिल २९ को दिउँसो १२ः२५ बजे (०४२५ जिएमटी) मा एउटा रेस्टुरेन्टमा आगलागी भएको थियो”, सिसिटिभीले भन्यो, “दिउँसो २:०० बजेसम्म यस घटनामा २२ जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन् ।”
राष्ट्रपति सी जिनपिङले आगलागीले ‘उल्लेखनीय जनधनको क्षति’ निम्त्याएको र यसबाट सिकिएका पाठहरु ‘अत्यन्त गम्भीर’ भएको बताउनुभएको सिसिटिभीले जनाएको छ ।
उहाँले ‘घाइतेहरूको उपचारका लागि हरसम्भव प्रयास गर्न, मृतकहरूका लागि उचित अन्त्येष्टि व्यवस्था गर्न र उनीहरूका परिवारलाई सहयोग प्रदान गर्न, आगलागीको कारण द्रुत रूपमा निर्धारण गर्न तथा कानूनअनुसार जवाफदेहिता खोज्न’ आह्वान गरेका छन् ।
अनलाइनमा सेयर गरिएको र एएफपीद्वारा प्रमाणित गरिएको फुटेजमा दुई तले रेस्टुरेन्टमा भीषण आगो लागेको र बाक्लो कालो धुवाँ आकाशतिर उडिरहेको देखाइएको छ ।
चीनको टिकटकको संस्करण डुयिनमा प्रकाशित अन्य प्रमाणित भिडियोहरूमा प्यारामेडिकहरूले एक पीडितलाई स्ट्रेचरमा एम्बुलेन्समा चढाइरहेको र धेरै अग्नि नियन्त्रकहरू पाइपहरूको सहायताले आगो निभाउँदै गरेको देखाइएको छ ।
घातक आगलागीहरू चीनमा फितलो भवन संहिता र कार्यस्थल सुरक्षाप्रति अक्सर लापरवाही दृष्टिकोणका कारण अपेक्षाकृत सामान्य छन् ।
यसै महिना उत्तरी चीनको हेबेई प्रान्तमा रहेको एक वृद्धाश्रममा भएको आगलागीमा २० जनाको मृत्यु भएको थियो ।
जनवरीमा बेइजिङको उत्तरपश्चिममा रहेको झाङजियाकोउ सहरको एक तरकारी बजारमा भएको आगलागीमा आठ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए ।
त्यसको एक महिनाअघि पूर्वीचीनको रोङचेङ सहरमा रहेको एक निर्माण स्थलमा भएको आगलागीमा नौ जनाको मृत्यु भएको थियो । (एएफपी)

विजुली अवरुद्ध हुँदा सात जनाको मृत्यु

आफु विरोधी क्यानेडियन प्रधानमन्त्री कार्नीलाई ट्रम्पले गरे फोन
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_5ydI7NqXlV_0gvfdnmyyrkxtjfjmmkw741bdkdtdsiwlszpiwy6y3qybh3tk7e1yydfho75_yOEOR7INft_vrgor1yziyzu6c5ejmtwbt01kvnoitwr1ql3ayiqnitjc5f2hdakycdo9wzn_Tx43T7WqrC_qdtp72jyxdspmn5gowh6bpyemclsnahny9ksj6cerzl98cdaliupdmmym6uh.jpg)
स्विडेनको सैलुनमा गोली चल्दा तीनको मृत्यु

अमेरिकी उपभोक्ताको विश्वास महामारी सुरु भएयताकै न्यून विन्दुमा

सन् २०१४ यता विश्वभर ७२ हजारभन्दा बढी आप्रवासीको मृत्यु : राष्ट्रसंघ

'क्यानाडाका कार्नीसँग काम गर्न उत्सुक'
कार्नीको जितपछि क्यानाडासँगको सम्बन्ध सुधार गर्न चीन तयार

प्रतिक्रिया