स्विडेनको सैलुनमा गोली चल्दा तीनको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_5ydI7NqXlV_0gvfdnmyyrkxtjfjmmkw741bdkdtdsiwlszpiwy6y3qybh3tk7e1yydfho75_yOEOR7INft_vrgor1yziyzu6c5ejmtwbt01kvnoitwr1ql3ayiqnitjc5f2hdakycdo9wzn_KRfr9tB6ff_f6xf4iwvi5dekybn9avsqbqgszhlpvgyxlhidkwomkmlzlgfcz6ggpxxkwvn.jpg)
स्टकहोम- युरोपेली देश स्वीडेनको अप्सला सहरमा रहेको हेयर सैलुनमा गोली चलेको छ । अहिले यसमा ३ जनाको मृत्यु भइसकेको छ भने धेरै घाइते भएका छन् ।
स्वीडेनको मिडियाले यो जानकारी दिएको छ । स्थानीय प्रहरीका अनुसार साँझ सहरको वाक्सला स्क्वायर नजिकै गोली चलेको आवाज सुनेपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए ।
मंगलबार एक विज्ञप्तिमार्फत स्विडन पुलिसले जानकारी दिए केही मानिसले प्रहरीकोमा कल गरेका थिए कि सैलुनमा गोली चलेको छ ।
यो घटना राजधानी स्टकहोमको उत्तरमा ६० किलोमिटर टाढा रहेको भाक्सला स्क्वायर नजिक भएको हो । त्यसपछि आकस्मिक सेवाका कर्मचारीहरू घटनास्थलमा पुगेका थिए र हत्याको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
स्वीडेनको सार्वजनिक टेलिभिजन स्टेशन एसटिभीले सो हत्यामा संलग्न संदिग्ध स्कूटरमा भागेको बताएको छ। प्रहरी अधिकारीले इलाकालाई घेरा हालेर अनुसन्धान सुरु गरेका छन् । घाइतेहरुलाई अस्पताल लगिएको छ ।

आफु विरोधी क्यानेडियन प्रधानमन्त्री कार्नीलाई ट्रम्पले गरे फोन

अमेरिकी उपभोक्ताको विश्वास महामारी सुरु भएयताकै न्यून विन्दुमा

सन् २०१४ यता विश्वभर ७२ हजारभन्दा बढी आप्रवासीको मृत्यु : राष्ट्रसंघ

उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी, २२ जनाको मृत्यु

'क्यानाडाका कार्नीसँग काम गर्न उत्सुक'
कार्नीको जितपछि क्यानाडासँगको सम्बन्ध सुधार गर्न चीन तयार

दुई दिनमा पाकिस्तान र इरानबाट ६ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया