बुधबार १७ बैशाख, २०८२
Wednesday, April 30, 2025

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने

नागरिक उन्मुक्ति पार्टी (नाउपा) केपी ओली नेतृत्वको सरकारबाट बाहिरिने भएको छ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बीचमा एकीकरण घोषणा सभाको दिनमा नै संरक्षक रेशम चौधरीलाई पक्राउ गरिए पछि सो पार्टी सरकारबाट बाहिरिन लागेको हो ।

सो पार्टीवाट ओली सरकारमा अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीको जिम्मेवारीमा रहेका छन् । उनले केहीबेरमा राजीनामा दिने र सरकारबाट बाहिरिने जनाइएकाे छ । सर्वोच्च अदालतले बाँकी कैद भु्क्तान गर्नका लागि भन्दै उनलाई आज एकीकरण सभास्थल प्रज्ञा भवनवाट पक्राउ गरेको हो । उनी तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आम माफी दिए पछि रिहा भएका थिए ।