नुवाकोट वाइसीएलको निर्वाचन हुँदै, दिनेश अधिकारीको बलियो उम्मेदवार

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) युवा संगठन वाइसीएल नेपाल नुवाकोटको निर्वाचन हुने भएको छ । जिल्ला अधिवेशनमा सहमति जुटाउन गरिएको प्रयास असफल भएपछि निर्वाचनको बाटो खोलिएको हो । निर्वाचन वैशाख २२ गते हुने निश्चित भएको छ । प्रमुख निर्वाचन अधिकृत राजाराम थपलियाका अनुसार मतदान विदुर नगरपालिका–५, पिपलटारस्थित पोष्ट बहादुर बोगटी स्मृति पार्कमा बिहान ८ बजे सुरु हुनेछ।
वैशाख १३ गते वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले उद्घाटन गरेको अधिवेशनमा प्रारम्भिक रूपमा सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी थियो । हितबहादुर तामाङ, हिरानाथ खतिवडा लगायत नेताहरूले आफ्ना नजिकका कार्यकर्तालाई अघि सार्दा वातावरण थप जटिल भएको थियो ।
यसैबीच, केही गाउँपालिका अध्यक्षहरूले पनि संगठनमा प्रभाव जमाउने उद्देश्यले आफ्ना पक्षधर युवाहरूलाई उम्मेदवारीमा उभ्याएको भन्दै गुटबन्दीको आरोप लागेको छ। सोही दिन निर्वाचनसम्बन्धी अन्य जानकारीहरू पनि सार्वजनिक गरिनेछ ।
यसबीच, अध्यक्ष पदका लागि दिनेश अधिकारी ‘राजा’ बलियो उम्मेदवारका रूपमा अगाडि देखिएका छन् । संगठनभित्र लामो अनुभव, कार्यकर्ताबीच लोकप्रियता, र नेतृत्व क्षमताका आधारमा उनीप्रति अपेक्षा बढेको छ ।
प्रतिनिधिहरूको उत्साह र समर्थन ‘राजा’तर्फ देखिँदै गएको छ । निर्वाचन प्रक्रिया नजिकिँदै गर्दा अब नेतृत्वको जिम्मा कसले सम्हाल्ने भन्ने अन्तिम निर्णय मत पेटिकाबाट हुने भएको छ।

सभापति देउवासँग विदेश विभाग प्रमुख चौथाइवालेको भेट

सरकारले शिक्षकको के-के माग पुरा गर्यो ?

शिक्षक-कर्मचारीले निजामती अस्पतालमा स्वास्थ्य उपचारमा छुट पाउने

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले जनताकाे चाहनाअनुसार काम गर्न सक्नुपर्छ …

‘नेपाली कांग्रेसको महाधिवेशन एक वर्षभित्र हुन्छ’

नेकपा एसले प्रधानमन्त्रीसँग भन्याे, 'चैत १५ गते पार्टी कार्यालयमा भएको क्षतिपुर्…

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, गर्बुजा राज्य मन्त्री नियुक्त

प्रतिक्रिया