प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, गर्बुजा राज्य मन्त्री नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बिस्तार गरेका छन् । जसअनुसार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले गत असार ३१ गते गठित मौजुदा मन्त्रिपपरिषद्मा संविधान बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई बुधबार राज्यमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसअघि कांग्रेसबाटै ऊर्जा राज्यमन्त्री रहेका कान्छाराम तामाङलाई वैशाख १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका थिए । रिक्त पदमा कांग्रेसको सिफारिसमा गर्बुजालाइ नियुक्त गरेका हुन् ।

सभापति देउवासँग विदेश विभाग प्रमुख चौथाइवालेको भेट

सरकारले शिक्षकको के-के माग पुरा गर्यो ?

शिक्षक-कर्मचारीले निजामती अस्पतालमा स्वास्थ्य उपचारमा छुट पाउने

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले जनताकाे चाहनाअनुसार काम गर्न सक्नुपर्छ …

‘नेपाली कांग्रेसको महाधिवेशन एक वर्षभित्र हुन्छ’

नेकपा एसले प्रधानमन्त्रीसँग भन्याे, 'चैत १५ गते पार्टी कार्यालयमा भएको क्षतिपुर्…

नुवाकोट वाइसीएलको निर्वाचन हुँदै, दिनेश अधिकारीको बलियो उम्मेदवार

प्रतिक्रिया