मधेस बालिका सम्मेलन–२०८२ सुरु

जनकपुधाम- मधेस बालिका सम्मेलन–२०८२ जनकपुरधाममा सुरु भएको छ । आज जनकपुरधाममा ‘सक्षम बालिका, समृद्ध मधेस’ मूल नारासहित बालविवाहविरुद्ध प्रदेशस्तरीय सञ्जालको आयोजना तथा मधेस प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्रालयको समन्वयमा सुरु भएको हो ।
मधेस प्रदेशका खेलकुद तथा समाजकल्याणमन्त्री प्रमोदकुमार जयसवालले बालिका सम्मेलनको उद्घाटन गर्दै मधेस प्रदेशको कलङ्कका रुपमा रहेको दाइजो, बालविवाह, बोक्सीजस्ता समस्याको समाधानका लागि सामाजिक जागरण फैलाउन जरुरी रहेको बताए ।
‘सक्षम बालिका, समृद्ध मधेस’ मूल नारासहित बालविवाहविरुद्ध प्रदेशस्तरीय सञ्जालको आयोजना तथा मधेस प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्रालयको समन्वयमा सुरु भएको हो । मधेस प्रदेशका महिला तथा बालबालिका समितिका सभापति रुपाकुमारी यादवले बालविवाह न्यूनीकरणका लागि छोरा र छोरीबीचको विभेद गर्न नहुने बताउँदै बालविवाह गरेको भए हामीहरुले बहिष्कार गर्न जरुरी रहेको बताए ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले बालविवाह न्यूनीकरणका लागि तीनै तहका सरकार मिलेर सशक्त रुपमा अगाडि बढ्न जरुरी रहेको बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोगका मधेस प्रदेशका कार्यालय प्रमुख बुद्धनारायण साहनीले बालविवाह हुन नहुने पक्षमा मानवअधिकार आयोग दृढ भएको बताउनुभयो । मधेस प्रदेशमा हाल ३४ प्रतिशत बालविवाह रहेको छ । पाँच वर्ष अगाडि बालविवाह गर्नेको सङ्ख्या ४२ प्रतिशत रहेकामा हाल घटेको हो । -रासस

लुम्बिनी प्रदेशका १३ प्रतिशत जनताको जीवनकालमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्…

जनता जागरुक र सचेत हुनुपर्छः मुख्यमन्त्री कँडेल

भक्तपुर नगरपालिकाको दुई अर्ब ४७ करोडको बजेट सार्वजनिक

१० महिनामा प्रदेश सरकारहरूले खर्च गरे १ खर्ब १७ करोड

योजना अनियमितता छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

लगातार अनुपस्थित भएपछि प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

प्रतिक्रिया