बिहीबार १८ बैशाख, २०८२
Thursday, May 01, 2025

‘नेपाली कांग्रेसको महाधिवेशन एक वर्षभित्र हुन्छ’

चितवन- नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले महाधिवेशन एक वर्षभित्र हुने बताएका छन् । बुधबार यहाँ पत्रकारसँग उहाँले पार्टीको महाधिवेशन आगामी मङ्सिर भित्रमा हुने बताए । आन्तरिक कामका कारण रोकिएमा ढिलोमा विसं २०८३ वैशाखसम्ममा महाधिवेशन हुने उनको भनाइ छ । उनले भने,, “विधानअनुसार पार्टीलाई चलाउन समयमै महाधिवेशन नभए पार्टीको वैधानिकतामाथि प्रश्न उठ्छ ।”

वर्तमान सरकार कांग्रेस–एमालेबीचको लिखित सहमतिअनुसार अघि बढ्ने उनले बताए । -रासस