कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले जनताकाे चाहनाअनुसार काम गर्न सक्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसबाट बनेका जनप्रतिनिधिले जनताकाे चाहनाअनुसार काम गर्नसक्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्वर ९ ले आयाेजना गरेकाे क्षेत्रीय कार्यसमिति र स्थानीय जनप्रतिनिधिबिचकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताएका हुन् । '
राजनीति सेवा हाे । विहानदेखि बेलुकासम्म जनताबाे समस्या समाधानका लाग्नुपर्छ । झर्काे मान्नुहुँदैन,´ उनले भने,'
नेपाली कांग्रेसकाे जनप्रतिनिधिले जनताकाे चाहनाअनुसार काम गर्नसक्नुपर्छ । कांग्रेसकाे कार्यकर्ता भनेपछि जातालाई आवश्यक्ता पर्दा जति बेला पनि उपस्थित हुन्छ भन्ने प्रभाव जनतामा छाड्नसक्नुपर्छ । जनमुखी कार्यशैली बनाउनुपर्छ ।´
नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका सिंहले ठिक छ भनेर पार्टी अगाडि बढ्न नसक्ने भन्दै पार्टी विधानले भनेअनुसारकाे काम पार्टीका सबै तहले समयमा गर्नुपर्नेमा जाेड दिए। उनले पार्टी नेता कार्यकर्तालाई राजनीतिक घटनाक्रम र आवश्यक विषयमा प्रशिक्षित गर्नुपर्ने पनि सिंहले बताए ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टी संगठनबिच समन्वय हुन नसकेकाे गुनासाे जिल्ला जाँदा सुनिने गरेकाे भन्दै सिंहले बेलाबेलामा बैठक र थलफल गरेर समन्वय बलियाे बनाउनुपर्ने धारणा राखे । उपप्रधानमन्त्री सिंहले ०४८ पछि देशमा पूर्वाधार , शिक्षा र स्वास्थ्यकाे क्षेत्रमा आमूल परिवर्तन भएकाे भन्दै भएका कुरालाई भएकाे भन्न सक्नुपर्ने बताए ।

सभापति देउवासँग विदेश विभाग प्रमुख चौथाइवालेको भेट

सरकारले शिक्षकको के-के माग पुरा गर्यो ?

शिक्षक-कर्मचारीले निजामती अस्पतालमा स्वास्थ्य उपचारमा छुट पाउने

‘नेपाली कांग्रेसको महाधिवेशन एक वर्षभित्र हुन्छ’

नेकपा एसले प्रधानमन्त्रीसँग भन्याे, 'चैत १५ गते पार्टी कार्यालयमा भएको क्षतिपुर्…

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, गर्बुजा राज्य मन्त्री नियुक्त

नुवाकोट वाइसीएलको निर्वाचन हुँदै, दिनेश अधिकारीको बलियो उम्मेदवार

प्रतिक्रिया