सानिमा बैंकको ‘कर्पोरेट पे’

काठमाडौंः सानिमा बैंक लिमिटेडले व्यावसायिक ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक ‘कर्पोरेट पे’ प्रणाली मार्फत शूरु गरेको छ । कर्पोरेट पे सोलुसन नेपाल क्लियरिङ्ग हाउसद्धारा प्रवर्धित बैंकिङ्ग कारेबार गर्ने विद्युतीय माध्यम हो ।
बैंकले आफ्ना व्यवसायिक ग्राहकहरुलाई प्रदान गरेको उक्त डिजिटल भुक्तानी प्रणाली मार्फत कर्मचारीलाई तलब भुक्तानी, तेस्रो पक्षलाई भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरु बंैक खाताबाट सहजै गर्न सक्ने बैंकले जनाएको छ । ‘उक्त प्रणाली मार्फत कनेक्ट आइपीएस अथवा एनसीएचएल आइपीएस मा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी गर्न सक्नेछन्, बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्घन गर्दै आएको सानिमा बैंकले यस प्रणालीेको थालनीलाई एक महत्वपूर्ण कदमको रुपमा समेत लिएको छ ।’
सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

प्रतिक्रिया