युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने

किभ- युक्रेनका प्रधानमन्त्री डेनिस श्मिगलले संयुक्त राज्य अमेरिकासँग ‘आगामी २४ घण्टाभित्र’ बहुप्रतीक्षित खनिज सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरेको बताएका छन् ।
सम्भावित सम्झौतापछि वासिङ्टन र किएभले संयुक्त रूपमा युक्रेनको खनिज स्रोतहरूको उत्खनन गर्नेछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट प्राप्त युद्धकालीन सहायताको लागि ‘योगदान’ का रूपमा यसलाई उल्लेख गर्दै आएका छन् ।
“युक्रेनको विकास र पुनरुत्थानमा संयुक्त लगानीका लागि यो वास्तवमै राम्रो, समान र लाभदायक अन्तर्राष्ट्रिय सम्झौता हो,” श्मीगलले राष्ट्रिय टिभी प्रशारणमा भनेका छन् ।
“मलाई आशा छ, निकट भविष्य अर्थात् आगामी २४ घण्टाभित्र सम्झौतामा हस्ताक्षर हुनेछ र हामी पहिलो कदम चाल्नेछौं,” उनले भने ।
किएभ र वासिङ्टनले सम्झौतामा हस्ताक्षर गर्ने योजना केही हप्ताअघि नै बनाएका थिए तर ह्वाइट हाउसमा ट्रम्प र युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच भएको भनाभनको स्थितिपछि अस्थायी रुपमा वार्ता अवरुद्ध भएको थियो ।
युक्रेनले रुसको तीन वर्षे आक्रमणलाई रोक्नको लागि कुनै पनि सम्झौताको एक भागको रूपमा सुरक्षा ग्यारेन्टीको लागि जोड दिइरहेको छ ।
युक्रेनमा अमेरिकी व्यापारिक स्वार्थलाई बढावा दिनाले युद्धविरामको स्थितिमा भविष्यमा हुने आक्रमणबाट रुसलाई रोक्न मद्दत पुग्ने अमेरिकाको तर्क छ ।
युक्रेनी राष्ट्रपतिको एक उच्च स्रोतले सम्झौतामा युक्रेनका लागि कुनै सुरक्षा ग्यारेन्टी समावेश छ कि छैन भन्ने प्रश्नको जवाफ भने दिएन।
यो सम्झौताबाट किएभले प्राप्त गरेको अघिल्लो सहयोगको लागि कुनै पनि ‘ऋण’ सँग जोडिने छैन र किएभ र वासिङ्टनबीच आधाआधा हिस्सा रहनेगरी संयुक्त कोषको सिर्जना हुनेछ ।
यसले दलहरूको समानता सुनिश्चित गर्दछ । पुनर्निर्माणमा लगानी गर्न लगानी कोषको स्थापना गरिनेछ । यसमा अमेरिका र अमेरिकाबाट योगदान हुने परिकल्पना गरिएको छ।
सम्झौतामा वासिङ्टनले नयाँ सैन्य सहायता उपलब्ध गराउने सहमति गरिने र यसलाई कोषमा उनीहरूको योगदानको रूपमा गणना गरिनेछ। (एएफपी)

चीनले अमेरिकामा रद्द गरेर ब्राजिलबाट ल्याउन थाल्यो भटमास

अन्तर्राष्ट्रिय विद्यार्थी प्रति ट्रम्प प्रशासन थप आक्रमक, अदालतमा हजारौं मुद्दा

रूस-युक्रेन युद्धमा उत्तर कोरियाका ६०० बढी सैनिक मारिए : दक्षिण कोरिया

उत्तर कोरियाले देखायो बिनाशकारी पानीजहाज, जसमा हुनेछ ५ हजार टन बिष्फोटक क्ष…

'सवारीसाधनमा न्यून कर लगाउने ट्रम्पको निर्णय प्रगतिको सङ्केत'

प्रतिक्रिया