‘ओलीलाई सत्ताच्युत गर्नेको खुशी एक महिनामै दुःखमा परिणत हुन्छ’

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरु भएको विचार व्यक्त गरेका छन् । हेटौँडा–१४ मयूरधापमा पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री पौडेलले समृद्ध नेपाल सुखी नेपाली निर्माणको महाभियानमा लागिरहेको इतिहासकै सफल केपी शर्मा ओली नेतृत्वको सरकारलाई सत्ताबाट बाहिर बनाउन सफलता हात पारेकाहरुको खुशी एक महिनामै दुःखमा परिणत हुने जिकिर गरेका हुन् ।
कार्यक्रममा एमाले वाग्मती प्रदेश सङ्गठन विभाग प्रमुख अनन्त पौडेलले देशमा एकाएक कानूनी राजको अन्त्य भएको विचार व्यक्त गरे । वाग्मती प्रदेशसभा सदस्य जेनेली श्रेष्ठले नेपाली जनताले एमालेलाई विकासको संवाहकका रुपमा बुझिसकेका दाबी गरे । कार्यक्रममा विभिन्न दल परित्याग गरी ५० जनाभन्दा बढी एमाले प्रवेश गरेका थिए । उनीहरुलाई मुख्यमन्त्री पौडेललगायत नेताले माला लगाएर स्वागत गरेका थिए । रासस

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

प्रतिक्रिया