कृषिमा जोडियो माओवादी, तनहुँमा ५० रोपनीमा अदुवा खेती

तनहुँ- १३६औँ अन्तरराष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासंघले पचास रोपनीमा अदुवाखेती प्रारम्भ गरेको छ । यसको आरम्भ पार्टी केन्द्रीय सदस्य आशा कोइरालाले गरेकी छन् ।
जिल्लाको व्यास नगरपालिका–६ श्याम्घामा ५० रोपनी जग्गामा अदुवाखेती थालिएको हो । उत्पादित अदुवा बिक्रीबाट प्राप्त हुने रकम महासंघमा आबद्ध सदस्यका परिवारको जीविकोपार्जनमा उपयोग गरिने जनाइएको छ ।
अखिल नेपाल ट्रेड महासंघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहसचिव सूर्यभक्त पौडेलका अनुसार मङ्गलबार २० जना सङ्गठनका पदाधिकारी सहभागी भएर आधुनिक विधिबाट अदुवा रोपिएको हो । पहिलो चरणमा एक सय धार्नी अदुवा रोपिएको छ भने यस वर्ष पाँच सय धार्नी बीउ रोप्ने लक्ष्य छ ।
बाँदरले नोक्सान नगर्ने, धेरै लगानी र परिश्रम गर्न नपर्ने भएकाले अदुवाखेतीलाई प्राथामिकता दिइएको महासंघ तनहुँका अध्यक्ष वीरबहादुर थापाले बताए ।
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_gZ17DpCvMD_olywfzff1phfqupsukidagc0orowcne8dkkcuxxgwvav9urmmmdbh4zndep0.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया