मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

कोटेश्वरमा दाहाल र नेपालबीच भेटवार्ता जारी

फाइल फोटो

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ । नेत्रविक्रम चन्दसँग भेटवार्ता सकिएपछि दाहाल नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

चन्द नेपाल निवास कोटेश्वरबाट बाहिरिएपछि दाहाल र नेपालबीच भेटवार्ता सुरु भएको हो ।  भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार र आगामी योजनाबारे छलफल भइरहेको नेपाल निकट स्रोतले जनाएको छ ।

चन्द, धर्मेन्द्र बास्तोला र नेपालबीच छलफल चलिरहेकै बेला दाहाल पुगेपछि उनीहरुले सामूहिक फोटो समेत खिचेका थिए । यसअघि हिजो कोटेश्वरमै पुगेर प्रधानमन्त्री देउवाले नेपालसँग भेटेका थिए ।