'अमेरिका भन्सार शुल्क वार्ताका लागि चीनसँग सम्पर्क गर्दैछ'

बेइजिङ- संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले आफ्ना चिनियाँ समकक्षीहरूसँग बजार र विश्वव्यापी आपूर्ति श्रृङ्खलालाई बिगारेको विशाल भन्सार शुल्कहरूका बारेमा वार्ताका लागि सम्पर्क गरेको बेइजिङ समर्थित आउटलेटले बिहीबार स्रोतहरूलाई उद्धृत गर्दै बताएको छ ।
धेरै चिनियाँ उत्पादनमा एक सय ४५ प्रतिशतमा पुगेको अमेरिकी भन्सार शुल्क अप्रिलमा लागु भएको थियो भने बेइजिङले संयुक्त राज्य अमेरिकाबाट आयातमा एक सय २५ प्रतिशत ताजा भन्सार शुल्क लगाएर जवाफ दिएको छ ।
बिहीबार राज्य प्रसारणकर्ता सिसिटिभीसँग जोडिएको चिनियाँ आउटलेट युयुआन टान्टियनले स्रोतलाई उद्धृत गर्दै वासिङ्टनले भन्सार शुल्कमा वार्ताका लागि ‘धेरै च्यानल’ मार्फत चीनसँग ‘सक्रिय रूपमा’ सम्पर्क गरिरहेको बताएको छ ।
“वार्ताको दृष्टिकोणबाट अमेरिका हाल बढी चिन्तित पक्ष हो”, समाचार रिपोर्टिङसँग विश्लेषण मिलाउने आउटलेटले एक्स जस्तै जस्तो प्लेटफर्म वेइबोमा भन्यो, “ट्रम्प प्रशासनले धेरै दबाबको सामना गरिरहेको छ ।”
एएफपीले टिप्पणीका लागि चीनको विदेश मन्त्रालयलाई सम्पर्क गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले भन्सार शुल्कहरूमा वार्ताका लागि सम्पर्क गरेको छ भन्दै बारम्बार दाबी गर्नुभएको छ ।
बुधबार ट्रम्पले ‘हामीले सम्झौता गर्ने धेरै राम्रो अवसर छ’ भनेर दोहोर्याउनुभयो । “तर हामी यसलाई हाम्रो सर्तमा बनाउन जाँदैछौँ र यो निष्पक्ष हुनुपर्दछ”, उहाँले न्युजनेसनको टाउन हललाई भन्नुभयो ।
बेइजिङले कुनै पनि वार्ता भइरहेको कुरा अस्वीकार गर्दै संयुक्त राज्य अमेरिकालाई ‘निष्पक्ष, सम्मानजनक र पारस्परिक’ तरिकाले वार्तामा संलग्न हुन बारम्बार आग्रह गरेको छ ।
तर चीनले यदि आवश्यक परेमा व्यापार युद्धलाई अन्तिम क्षणसम्म लड्ने बताएको छ । यस हप्ता चीनको विदेश मन्त्रालयद्वारा सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोले ‘कहिल्यै पनि घुँडा नटेक्ने !’ प्रतिज्ञा गरेको छ । (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_afMnwqnG2q_hdtee7gxhxeuuaiszeb7zbcuvdcu7wwfm7vpfqna50acjic3by611wypin90.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया