नीति तथा कार्यक्रमबारे सांसद शाहीः ‘टोले गुण्डाको चन्दा उठाउने सम्झौताको खोस्टो’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले लुटतन्त्रको विरुद्ध उठ्ने जनआवाजलाई दबाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको आरोप लगाउनुभएको छ ।
शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।
उहाँले राज्य व्यवस्थाका विरुद्ध बोल्नेहरुका लागि तह लगाउने गरी नीति तथा कार्यक्रममा व्यवस्था गरिएको बताउनु भयो । उहाँले भ्रष्टाचारको विरुद्धमा बोल्ने जनआवाज देखेर सरकार तर्सिएको बताउनु भयो । उहाँले जनआवाज विरुद्धका आवाज निस्तेज पार्ने गरी नीति तथा कार्यक्रमको पेज नम्बर २ मा लिखित रुपमा ल्याइनु विडम्वना भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘युवाहरुको रोजगारीको विषय वस्तुनै आएन । अहिले सबैभन्दा ठुलो समस्या यही भयो । र विशेष गरेर आन्तरिक सुरक्षाका कुरा, रोजगारीका कुरा आउनुपथ्र्यो यतिबेला केही पनि आएन । हुबहु छ, सुगा रटाइ छ । सिधा भाषामा भन्दा पुरानै ढर्रामा भएको कागजको खोस्टा जस्तो छ । सरकारले यो वर्ष नयाँ एउटा कुरा चाहीँ ल्याएको रहेछ । जब यो व्यवस्था र लुटतन्त्रविरुद्ध बोल्नेहरुलाई तह लगाउने व्यवस्था नेपालको नीति तथा कार्यक्रममा अहिलेसम्म इतिहासमा आएको छैन, त्यो पहिलो पटक आएको छ । त्यसैले म भन्छु अगुल्टोले हानेको बिरालो बिजुली देख्दा तर्सिन्छ भन्या जस्तो सरकार तर्सिएको देखियो । किन भने लुटतन्त्रको विरुद्धमा जनआवाजलाई दबाउनका लागि नीति तथा कार्यक्रममा ल्याएको छ । भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण गर्न नयाँ नियम बनेर आएको छ । यो चाहिँ विल्कुनै नयाँ हो । किनभने भ्रष्टाचारको विरुद्धमा जनताले आवाज उठाउने कुरालाई पनि निस्तेज पार्ने भनेर २ नम्बर पेजमा लेखेर राखिएको छ । त्यो चाहिँ नीति तथा कार्यक्रममा नआउनु पर्ने कुरा, तर विडम्बनाका साथ भन्नुपर्छ राष्ट्रपतिलाई जानकारी बिना प्रधानमन्त्रीले पढ्न लगाए ।’
प्रवक्ता शाहीले नीति तथा कार्यक्रम टोले गुण्डाहरुको चन्दा उठाउनका लागि गरिएको सम्झौताको खोस्टो जस्तो भएको आरोप लगाउनु भयो । उहाँले नीति तथा कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले संशोधन हाल्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल

सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय :…

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न बनेका संवैधानिक र कानूनी प्रावधान…

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने…

कांग्रेस संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

प्रधानमन्त्रीसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

नीति तथा कार्यक्रमलाई कसरी व्यवहारमा उतार्ने? : सांसद राणा

प्रतिक्रिया