समाजवादी पार्टीलाई जनमतको कमी छैन : माधव नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई जनताको मतको कमी नरहेको बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) लाई जनमतको कमी नरहेको बताएका हुन् ।
उनले गत (२०७९) निर्वाचनमा आदिवासी जनजातिलाई आफ्नो पार्टीसँग जोड्न सकेको भए राष्ट्रिय पार्टी बन्ने दाबी गरे । उनले आफ्नो पार्टीलाई लाखौँको संख्यामा सहकारी संगठनमा आवद्ध व्यक्ति, एनजिओ, आइएनजिओमा संलग्न व्यक्तिहरुको साथ रहेको दाबी गरे । अहिले पनि आफू देश दौडाहामा जाँदा हिमाल, पहाड र तराईका कुनैपनि ठाउँमा पार्टीलाई साथ दिने जनताको कमी महशुस नगरेको बताए ।
पार्टीका कार्यक्रमहरुमा हरेक ठाउँमा हजारौँको संख्यामा जुलुस देखिएको बताए । अब नेकपा (एकीकृत समाजवादी) लाई अरु भन्दा ठूलो र शक्तिशाली बनाउने बताए । त्यसका लागि आफूले पाएको जिम्मेवारीमा जुट्न निर्देशन दिए ।
‘त्यतिखेर मात्रै आदिवासी जनजातिको मात्रै भोट,अझै म भन्छुः हाम्रा साथीहरु लाखौँको संख्यामा सहकारी संगठनमा आवद्ध छन् । एनजिओ, आइएनजिओमा संलग्न छन् । तिनीहरुको लाखौँ भोट यो पार्टीमा ल्याउनको लागि भनेर लागेको भए राष्ट्रिय पार्टी बन्न कुनै गाह्रो थिएन । सजिलै गरी अरुलाई हामीले उछिन्ने थियौँ । हामीसँग जनताको मतको कमी छैन । अस्ति भर्खरै पनि म कर्णाली प्रदेश पुगेर आएँ । कालीकोट पुगेर आएँ । रासकोटमा पुगेर आएँ । हुम्ला जाने त्यत्रो विकट ठाउँमा भएको अधिवशेनमा मैले मान्छेको हजारौँको जुलुस कार्यक्रममा सहभागिता देखेँ' अध्यक्ष नेपालले भने 'रौतहट, सप्तरी जिल्लाको कार्यक्रममा पनि हजारौँ, हजार मानिसको सहभागिता देखेको थिएँ । अनि मैले भनेँः तराई होस्, पहाड होस्, हिमाल होस् हाम्रो पार्टी सबै ठाउँमा अगाडि बढिरहेको छ । यो पार्टीलाई अझै अगाडि बढाएर जाने हो । अरु पार्टी भन्दा शक्तिशाली बनाउने, त्यो तपाईं हामीमाथि भर पर्छ । त्यसैले यो पार्टीलाीई बलियो बनाउने काममा जुट्नुस्, यो पार्टीलाई गतिशिल बनाउने काममा लाग्नुस् । जसले जे जिम्मा पाउनुभएको त्यसको जिम्मेवारी निभाउनुस् ।’
अध्यक्ष नेपालले गणतन्त्रका पक्षधरहरु फेरि पनि मिल्न जरुरी रहेको बताए । उनले कम्युनिष्ट पार्टीको क्रान्तिकारी धार हराउन नदिन नयाँ पार्टी गठन गरेको जिकिर गरे । आफ्नो पार्टी चुप लागेर बस्ने नभइ गतिशिलता, क्रियाशिलतामा विश्वास गर्ने पार्टी भएको बताए ।

आर्थिक सुधारको प्रयास निरन्तर जारी छ : अर्थमन्त्री पौडेल

लोकतन्त्रमा वंशवादको स्थान छैन : ईश्वर पोखरेल
ब्रिटिस गोर्खालगायत विदेशिएका नेपालीलाई नागरिकता दिने वातावरण बनाउँछौँ : ख…

कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने

आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ : पूर्वप्रधानमन्त्री खनाल

राजावादीको चलखेल र षड्यन्त्रलाई माओवादीले परास्त गर्यो : प्रचण्ड

राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्छ : उपाध्यक्ष सा…

प्रतिक्रिया