आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचन नै पार्टीको लक्ष्य नहुने बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले निर्वाचन आउने कुराहरु कार्यनीति लक्ष्यहरु मात्रै भएको र आफ्नो पार्टीको लक्ष्य चुनाव मात्रै नरहेको बताए । तर निर्वाचनमा बढी भन्दा बढी सिट आफ्नो दलका प्रतिनिधिहरुलाई जिताउनसके संसदमा गएर पनि नौटंकी सरकारको भण्डाफोर गर्न सकिने बताए । उनले जनताका आवाजहरु बुलन्द गर्नसक्ने र बहुमत ल्याएको खण्डमा जनतको हितमा नीति र कार्यक्रम ल्याएर हामी लागू गर्ने बताए ।
सरकारले आगामी आर्थिक वर्ष २०८२—०८३ का लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम नौटंकी मात्रै भएको जिकिर गरे । उनले नीति तथा कार्यक्रममा बोलिने कुरा बढी र गरिने कुरा कम रहेको बताए । वर्तमान संविधान पुँजीवादी भएको उल्लेख गर्दै आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न नसक्ने बताए ।
पूर्वप्रधानमन्त्री खनालले भने, ‘चुनाव आउलान्, ती कार्यनीति लक्ष्यहरु हुन् । चुनाव नै हाम्रो लक्ष्य हुँदैन । तर चुनावमा बढी भन्दा बढी हाम्रा प्रतिनिधिहरुलाई जिताउन सक्यौँ भने त्यो संसदमा गएर पनि हामी यो नौटंकी सरकारको भण्डाफोर गर्नसक्छौँ । र जनताका आवाजहरु त्यहाँ बुलन्द गर्नसक्छौँ । बहुमत ल्यायौँ भने हामी जनतको हितमा नीति र कार्यक्रम ल्याएर हामी लागू गर्नसक्छौँ । जस्तो हिजो नीति र कार्यक्रम आयो, नौटंकी मात्रै छ । खालि बोलिने कुरा मात्रै छन् त्यहाँ । तर गरिने कुराहरु बहुतै कम छन् । त्यसो हुनाले हामीले बोलिने पनि र गरिने पनि काम गर्नको लागि हामीले बहुमत ल्याउने प्रयत्न पनि गर्नुपर्छ । त्यसो गरेर मात्रै समस्यालाई बिस्तारै बिस्तारै समाधान गरेर अघि बढाउनसक्छौँ । हामीले गरेको संघर्षकै कारणले हामीले यो २०७२ सालमा जुन संविधान बनायाँै । त्यो संविधानको धारा ३ मा हामीले एउटा महत्वपूर्ण कुरा राखेका छाँै । यो संविधान पुँजीवादी संविधान हो । यो पुँजीवादलाई सम्पूर्ण कुरा आँखा चिम्लिएर समर्थन गर्न सक्दै सक्दैनौँ । यसलाई हामी आलोचनात्मक रुपमा हेर्छौं ।’
पूर्वप्रधानमन्त्री खनालले राष्ट्रलाई एकतावद्ध गर्न जरुरी रहेको उल्लेख गरे । उनले वैज्ञानिक समाजवादले मात्रै नेपालमा अहिलेका समस्या समाधान गर्ने दाबी गरे ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया