शशांक निवासमा देउवा इतरका नेताको छलफल

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा नेताहरु महाधिवेशन केन्द्रित छलफलका लागि जुटेका छन् । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि देउवाइतर नेताहरु छलफलमा जुटेका हुन् ।
महाराजगञ्ज स्रोतका अनुसार केही नेता पुगिसकेका छन् भने केही नेता जाँदै छन् । ‘म चाहिँ छलफलका लागि जाँदैछु बाटोमा छु,’ नेता अर्जुननरसिंह केसीले इकागजसँग भने, ‘संस्थापन इतरका प्राय सबै शीर्ष नेताहरु छलफलमा हुनुहुन्छ होला ।’
उनले आजको छलफलमा महाधिवेशन समयमै गर्न कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा साझा धारणा तय गर्ने विषयमा केन्द्रित रहने बताए । स्रोतका अनुसार, देउवा नेतृत्वको सरकारमा देउवाइतर समूहबाट क–कसलाई मन्त्रीको रुपमा पठाउने भन्ने विषयमा पनि आज छलफल हुनेछ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया