अर्थसहित ४ समितिको बैठक बस्दैँ

संघीय संसदका ४ वटा समितिका बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ ।
जसअनुसार अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग छलफल हुने भएको छ । जुन बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भने समितिको वार्षिक प्रतिवेदन बारे आन्तरिक छलफल हुने भएको छ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान १०ः३० बजे बोलाइएको छ । जुन बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्बन्धी र समग्र कृषि क्षेत्रको बिकासमा सिंचाई, मलखाद, चक्लाबन्दी, प्रविधिको प्रयोग, अनुदान, बजारीकरण लगायतका विषयमा कृषि, वन, उर्जा, भूमि र अर्थ मन्त्रालयसँग छलफल हुनेछ ।
उता, सार्वजनिक लेखा समितिको बैठकमा भने दुइ वटा अजेन्डामा छलफल हुदैँछ । जसअनुसार सालेसको २३ औं प्रतिवेदनको मस्यौदा र पोखरा विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन सम्बन्धमा तथा उजुरी तथा बेरुजु छलफलको प्रगति सम्बन्धमा थप निर्णय हुनेछ । जुन बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ ।

प्रधानमन्त्री मधेश प्रदेशमा, ६४ सडकको एकैसाथ शिलान्यास

राजनीतिक संयन्त्र र पदाधिकारी बैठकको निर्णय प्रजातान्त्रिक विधिले चिन्दैनः नैनस…

खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

कमल थापा पक्राउ

रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो

प्रचण्ड गणतन्त्रको संस्थापक हुन्, गणतन्त्र ढल्न खोज्दा परेको पीरले बोलेको कुरालाई …

प्रतिक्रिया