आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

सुनको मूल्यमा ६ रूपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। 

गत शुक्रबार १ लाख ८३ हजार ५०० रुपैयाँ कारोबार हुँदा आज ६०० रुपैयाँले वृद्धि भएर १ लाख ८४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको हो । तर, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कारोबार भएको चाँदी आज तोलामा १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ।