गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरेको सिफारिस समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलको कार्य व्यस्तताको कारण देखाउँदै अन्तिम समयमा बैठक स्थगित गरिएको हो।
यसअघि पनि समितिको बैठक नबसेको र नबोलाएको भन्दै पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका थिए । भट्टराईको राजीनामा पछि रिक्त भएको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले नियुक्त गरे पछि समितिको पहिलो बैठक आइतबारका लागि बोलाइएको थियो ।
अत, अर्थमन्त्री पौडेलको कार्यव्यस्तताले बैठक अन्तिम समयमा आएर पुनः स्थगित भएको हो । गत चैत २५ गते नै नियु्क्त हुनु पर्ने गभर्नर सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले बिच सहमति हुन नसक्दा अझै अन्यौलमा परेको छ।

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने, ९८ भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया