उडिसामा नेपाली बिधार्थी प्रकरणः राष्ट्रियसभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भारतको उडिसा राज्यको कलिङ्गा इन्स्टिच्यूट अफ इन्डष्ट्रियल टेक्नोलोजीमा भएको नेपाली बिधार्थीको मृत्युवारेमा सरकारको ध्यानाकर्षण गराएका छन ।
आजको बैठकमा सांसदहरूले सो विश्वबिधालयमा नेपाली बिधार्थीहरूको मृत्यु हुने क्रम नरोकिएको भन्दै सांसदहरूले प्रश्न उठाए पछि अध्यक्ष दाहालले सरकारको नाममा ध्यानाकर्षण गराएका हुन् ।
‘राष्ट्रिय सभाको आजको बैठकमा आकस्मिक र शून्य समयमा माननीय सदस्यहरुले उठाउनु भएको भारतको उडिसा राज्य स्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डष्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रिशा साहको छात्राबासको कोठामा झुण्डिएको अवस्थामा मृत्यू भएको विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको छ,’ अध्यक्ष दाहालले भनेका छन, ‘एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटना घटिरहनु अन्त्यतै दुखद पक्ष हो। नेपाल र भारत दुवै देशले कूटनीतिक माध्यममार्फत् यस्ता घटना दोहोरिरहनु पर्ने कारणको गहिराइमा गएर खोजी गर्न र आगामी दिनमा यस्ता घटना नहुने वातावरण बनाउन साथै यस घटनाको विषयमा निष्पक्ष रुपमा सत्यतथ्य छानविन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।’
उनले गाडी भनेका छन, ‘उक्त कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित र निर्भीकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गर्दछु। साथै आकस्मिक समयमा माननीय सदस्यहरुले उठाउनु भएका अन्य विषयमा समेत नियमावलीले तोकेको अवधिभित्र सभामा आई जवाफ दिन सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गर्दछु।’
सो कलेजमा नेपाली बिधार्थी मृत्यु हुने क्रम नरोकिए पछि राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मा, नेकपा एकीकृत समाजवादीकी सांसद मदनकुमारी साह, जनता समाजवादी पार्टी नेपालका मोहम्मद खालिद, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंह र नेपाली कांग्रेसका कृष्णबहादुर रोकायलगायतले केआइआइटीका लागि एनओसी रोक्न माग गर्दै अभिभावकलाई पनि सचेत हुन आग्रह गरेका थिए ।
पछिल्लो समयमा बिरगञ्जकी प्रिन्सा शाहको मृत्यु भएको थियो भने केही महिना अघि प्रकृति लम्सालको पनि केआइआइटीमा मृत्यु भएको थियो ।

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

द्वन्द्वकालिन बलात्कारको मुद्दामा माफी हुन्नः प्रधानमन्त्री

एमाले सचिवालय बैठक बस्दैँ

अर्थसहित ४ समितिको बैठक बस्दैँ

आर्थिक सुधारको प्रयास निरन्तर जारी छ : अर्थमन्त्री पौडेल

प्रतिक्रिया