सर्लाही कांग्रेस सभापतिको विद्यालय नजिकै अबैध क्रसर, बिरोध गर्ने ६ जनालाइ लगाए 'डाँका मुद्दा’

विधालय क्षेत्रमा अवैध क्रसर चलाएको बिषयमा आवाज उठाए पछि नेपाली कांग्रेसका सभापति सुरेन्द्रप्रसाद सिंहले झुटा मुद्दा लगाएर ६ जनालाई फसाउन खोजेका छन् । सर्लाहीको बसबरिया गाउँपालिका-५ कोठियार नजिकको प्राथमिक विधालयमा अवैध रूपमा सञ्चालन भएको क्रसर हटाउनु पर्ने माग गर्ने ६ जना माथि झुटा मुद्दा लगाएर फसाउन खाेजेकाे पीडितहरूले जनाएका छन् ।
बिधालय र मन्दिर नजिक रहेकाे सभापति सिंहको क्रसरमा हुल इज्जत गरेको भन्दै उनका भाई बीरेन्द्रप्रसाद सिहले उक्त मुद्दा हालेको पीडित दिपेश यादवले जानकारी दिए । ‘स्कुल र मन्दिर नजिकै सुरेन्द्रप्रसाद सिंह र उनकाे परिवारको क्रसर छ, जसको धुलो उडेर स्कुलमा पस्दा पढने बातावरण छैन्, बालबालिकाहरू बिरामी भएका छन भने कतिपयले अन्यत्र गाउँमा लगेर पढाउनु परेको छ,’ यादवले न्युज कारखानासँग भने, ‘जसको हामीले विरोध गरेका थियौं, त्यसपछि हामीलाइ सभापति आफै रड लिएर हान्न आउनु भएको थियो, अहिले त झुटा मुद्दा लगाइदिनु भएछ ।’
उनका अनुसार गत बैशाख १० गते सभापति सिंह आफै रड बोकेर स्थानिय गाउँले माथी जाइ लागे पछि विरोध गरिएको थियो । झडपको स्थिति भए पछि सभापति सो ठाउँवाट भागेर हिडेका थिए । ‘तर, पछि पावर देखाउँदै हामी माथी झुटा मुद्दा लगाउनु भयो’ उनले भने ।
उनका अनुसार स्थानिय बरहथवा प्रहरीमा सभापति सिंहले ‘डाँका मुद्दा’ हालेका छन । जसअनुसार सो मुद्दा खेप्नेमा स्थानीय दिपेश यादव, मदन साह, राम आधार यादव, राम प्रवेश यादव, बिजय गुप्ता र ज्ञानी यादव रहेका छन् ।
उनका अनुसार पुर्व मन्त्री वीरेन्द्र सिंह र सभापति सिंहको क्रसर प्राथमिक बिधालय भन्दा ३०–३५ मिटरको दुरीमा छ र नजिकै माईको पनि मन्दिर रहेको छ। जुन ठाउँबाट क्रसर सार्न स्थानीय माग गरे पनि सिंहले 'पावर देखाउँदै' अन्यत्र नसारी जबर्जस्ती चलाइरहेकाे स्थानीयका आरोप रहेकाे छ।
साे घटना पछि उनकाे बिराेध गर्ने स्थानिय ६ जनालाई इलाका प्रहरी कार्यालय, बरहथवामा बैशाख १२ गते उनले सो मुद्दा हालेको र पक्राउ पुर्जी जारी गरिसकेको छ। तर, उनीहरू भागेर हिँडिरहेका छन् ।
त्यसाे त, बरहथवाका तत्कालिन डिएसपी गौतम थापाले माथीवाट आफु माथी दबाब आए पछि मुद्दा दर्ता र पक्राउ पुर्जी जारि गरिएको जानकारी छाडेर सरूवा भइसकेको पीडितहरूको भनाइ छ । गृह मन्त्रीको दबाब पछि आफुले सो मुद्दा दर्ता गर्नु परेको पीडितहरूलाई डिएसपी गाैतमले सुचना छाडेर हिडेका छन । उनकाे यही बेला सरूवा भएकाे छ।
उता, प्रहरी निरिक्षक राजन पट्टेलले सभापति सिंहका परिवारले मुद्दा दर्ता गरेको स्विकार गरेका छन् । ‘क्रसरको विषयमा झडप भएको रहेछ, मुद्दा परेको छ, हामी अनुसन्धान गर्दैछौं,’ उनले भने । यसबारेमा जानकारी लिन खोज्दा सभापति सिंहसँग भने सम्पर्क हुन सकेन् ।

डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए

एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरीक्षक थापा

गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने

सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई आठौं मानार्थ विद्यावारि…

यस्तो छ आज तपाइको भाग्य

यस्तो छ आजको मौसम

प्रतिक्रिया