सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए

काठमाडौँ- नेपाल प्रहरीका सात जना डीआईजीको सरुवा भएको छ ।  गृहमन्त्री रमेश लेखकले डीआईजी सरुवाको निर्णय गरेका हुन् । कोशी प्रदेशमा इश्वर कार्की,मधेश प्रदेशमा उमा प्रसाद चतुर्वेदी, बागमती प्रदेशमा अरुण पौडेल र गण्डकी प्रदेशमा दिनेश कुमार आचार्यलाई सरुवा गरिएको छ ।

लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा राजेन्द्र प्रसाद भट्टलाई पठाइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोमा गोविन्द थपलियालाई सरुवा गरिएको छ । डम्बर बहादुर बिक सुदुरपश्चिम प्रदेशमा सरुवा भएका हुन् ।