प्रचण्डको टीप्पणी : दुई तिहाइको अहंकारको बेलुन फुटिसकेको देख्छु

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइ सरकारको अहंकारको बेलुन फुटिसकेको टीप्पणी गरेका छन् ।
प्रतिनिधि सभामा सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उनले यस्तो टीप्पणी गरेका हुन् ।
अध्यक्ष दाहालले सरकारले महिना दिन बितिसक्दा पनि नेपाल राष्ट्र बैङ्कमा गभर्नर नियुक्त गर्न नसकेको भन्दै आफूले दुई तिहाइको अहंकारको बेलुन फुटिसकेको देखेको टीप्पणी गरे । उनले सरकार बनेको दश महिना पुग्दा पनि सुध्रिन नचाहेको बताए ।
उनले वर्तमान सरकार सरकार सुध्रिनको लागि गठन नभएको र एउटा निश्चित वर्गको स्वार्थको लागि बनेको आरोप लगाए । उनले सरकार सञ्चालन संयन्त्रका सदस्यहरूले बिचौलियाहरू प्रधानमन्त्रीको शयन कक्षसम्मै पुग्छन् भन्ने दिएको अभिव्यक्तिले सरकार निश्चित वर्गको स्वार्थको बनेको पुष्टि हुने धारणा राखे । उनले हरेक नियुक्ति र निर्णयहरूमा स्वार्थी समूह हाबी भएको बताउँदै जनताले सेवा प्रवाह सहज रूपमा पाउन नसकेको बताए ।
उनले भने, “यो दश महिनामा सरकार सुध्रिएन । सरकार सुध्रिन चाहेन । किनभने सरकार सुध्रिनको लागि गठन भएको नै थिएन । एउटा निश्चित वर्गको स्वार्थको लागि बनेको थियो । मैले त्यति बेला यो भनिरहेका सत्ता बहिर्गमनको छटपटी भनेर टिप्पणी पनि गरियो । तर अहिले त्यो तपाईंहरूको भाष्य बनिसकेको छ । सरकार सञ्चालनका संयन्त्रका सदस्यहरूले समेत प्रधानमन्त्रीको बेड रुमसम्मै को पुग्छन् भन्ने सार्वजनिक गरेबाट यो कुरा प्रस्ट भएको छ । महिना दिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न सक्नुभएको छैन तपाईंहरूले । दुई तिहाइको अहंकार त अब मैले हेर्दा त त्यो बेलुन फुटिसकेको देख्छु । हरेक नियुक्ति र निर्णयहरूमा स्वार्थी समूह नै हाबी छन् । जनताले सेवा प्रवाह सहज रूपमा पाउन सकेका छैनन् । सार्वजनिक संस्थानहरूमा चरम राजनीतिकरण भइरहेको छ ।”
अध्यक्ष दाहालले सरकार बनेको १० महिना बितिसक्दा पनि लोकका अगाडी गरिएको ७ बुँदे सहमति कार्यान्वयनतर्फ कसैको ध्यान नगएको बताए ।

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रतिक्रिया