जनार्दन शर्माको प्रश्नः सरकार यति गैरजिम्मेवार किन ?

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सांसदहरुले संसदमा उठाएका प्रश्नको जवाफ दिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । मंगलवारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उहाँले सांसदहरुले उठाएका प्रश्नमा सरकार गम्भीर भएर जवाफ दिनुपर्ने माग गरेका हुन । उनले सरकारालई गम्भीर भएरु जवाफ दिन सभामुखमार्फत सरकारलाई निर्देशन दिनुपर्ने माग गर्नुभयो । नागरिकका प्रश्नमा सरकार समाधानतिर नगएको उनको आरोप छ ।
उनले भने, ‘नागरिकका प्रश्नमा सरकार समाधानतिर होइन, जवाफ पनि दिन तयार छैन । यो गैरजिम्मेवारी किन ? म सभामुख महोदयलाई भन्न र आग्रह गर्न चाहन्छु, की शुन्य समय शुन्यमा उडाउन हो भने बन्द गरौँ, होइन भने सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत निर्देशनको माग गर्दछु ।’
सरकार गैरजिम्मेवार किन ? भन्ने उपमहासचिव शर्माको प्रश्न छ ।- न्युज एजेन्सी नेपाल

राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा

रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः प्रमुख सचेतक शाही

नीति तथा कार्यक्रममा राष्ट्र निर्माणको लागि दृढ संकल्प आउन सकेनः सचिव पौडेल

नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामर्थ्य स्पष्ट पारिदियोः उपसभापति वा…

नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छैनः स्वास्थ्यमन्त्री पौडेल

चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषयः राष्ट्रपति पौडेल

प्रचण्डलाई योगेश भट्टराईको प्रश्नः प्रधानसेनापति हटाउनेले सहसचिव हटाउँदा मुटुम…

प्रतिक्रिया