रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः प्रमुख सचेतक शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले राजसंस्था जनमतमा गएर वा आन्दोलनबाट नभइ छलकपटबाट फालिएको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले कसैको राजनीतिक आस्थामाथि प्रहार गर्नु राम्रो नहुने बताए ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बाघको संज्ञा दिँदै उनले रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्न नसक्ने टिप्पणी गरे । उनले अहिलेका राजनीतिक दलहरुको जन्म विदेशमा भएको बताउँदै यसको प्रमाण राजदुत भइसकेका व्यक्तिको अभिव्यक्तिहरुबाट मिल्ने बताए ।
प्रमुख सचेतक शाहीले भने, ‘कसैको राजनीतिक आस्थामाथि ठाउँ ठाउँमा प्रश्न भएको छ । अघि यहाँ एक जना माननीयज्युले भने । बाघ होइन भने । बाघ बाघै हो । रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन । तपाईंहरुको यो क्रान्ति केके भन्नुहुन्छ, कहाँबाट आयो भन्नेकुरा त स्पष्ट थाहा छ नि । हरेकको जन्म त विदेशमै भएको हो नि त । चाहे १२ बुँदेको कुरा गर्नुस्, चाहे नेताहरु लुक्ने कुरा गर्नुस्, यो मैले भनेको होइन । पूर्वराजदुतहरुले बोलेका स्टेटमेण्ट हेर्नुस् न । स्वयं भारतका तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले संसदमा बोलेको तपाईंहरुले राजा कसरी फाल्नुभयो, विदेशीको आडमा स्पष्ट भन्नुभएको छ । यो संविधान र व्यवस्था त उनीहरुले ल्याइदिएको हो नि त । त्यसैले राष्ट्रवादी भनेको राष्ट्रवादी हुन्छ,बाघ बुढो भएपनि बाघै हो । बिरालोको रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन्छ त ? त्यसैले यो देशको इतिहास हो राजसंस्था । बाघ बाघै हो । रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन, राजा राजै हो ।’
प्रमुख सचेतक शाहीले अहिलेको संविधान र व्यवस्था विदेशीहरुले ल्याइदिएको बताए ।

एमाले केन्द्रीय समिति बैठक आज पनि

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : सभापति देउवा

वी.पी.स्मृति अस्पतालद्वारा ४३ औँ वी.पी.कोइराला स्मृति दिवस विविध कार्यक्रमसहित…

सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ : सिके राउत

‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’

पार्टीको सिद्धान्त बुझाउन सके पार्टीले बहुमत प्राप्त गर्न सक्छः सभापति देउवा

प्रतिक्रिया