जटिल बन्दै कांग्रेसको क्रियाशील सदस्यता विवाद

काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा क्रियाशील सदस्यता वितरणको विषय जटिल बन्दै गएको छ । क्रियाशील सदस्यता नविकरण तथा वितरणका लागि केन्द्रबाट जारी भएको न्यूनतम मापदण्ड मिच्ने काम भएको भन्दै असन्तुष्ट कार्यकर्ताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाका नेता कार्यकर्ताहरू संस्थागत निर्णय कार्यान्वयन गर्न माग गर्दे पार्टी केन्द्रीय कार्यालय परिसरमा धर्ना बसेका छन् । उनीहरुले क्रियाशील सदस्यता वितरण भएको धाँदली भएको, पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित नयाँ क्रियाशिल सदस्यता वितरण गरेको दावीसहित निर्णय सच्याउन माग गरेका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ का महासमिति सदस्य राम उदय यादवले विधि र विधान भन्दा बाहिर गएर मनपरी ढंगले सदस्यता वितरण गरिएको बताए । उनले सभापतिलाई वाइपास गरेर, नगरसभापतिलाई जानकारी नै नगराई एकलौटी कब्जा गर्ने मनसायका साथ क्रियाशील सदस्यता वितरण गरिएको बताए । उनले ३३ वटा वडामा विधान मिचेर सदस्यता वितरण गरिएको दावीसमेत गरे । विधान मिचेर वितरण गरिएका सदस्यता खारेज नगरे आफुहरु आमरण अनसन बस्ने चेतावनी पनि उनको छ ।
त्यसैगरी नेपाली कांग्रेस बाराका नेता तथा कार्यकर्ता पनि सदस्य वितरणमा धाँदली भएको भन्दै धर्ना बसेका छन् । नेपाली कांग्रेस जीतपुर–७ का सभापति रामबाबु गुप्ताले आफ्नो वडाबाट मात्रै ९६ जनालाई चोर बाटोबाट सक्रिय क्रियाशील सदस्यता थप्ने काम भएको दाबी गरे । उनले त्यसबारे सम्बन्धीत निकायलाई जानकारी गराई ध्यानाकर्षण गराउँदा पनि नभएपछि आफु केन्द्रमा आएर धर्ना बसेको बताए ।
धनुषाका पूर्वसांसद डा.चन्द्र मोहन यादव लोकतन्त्रको लामो इतिहास बोकेको पार्टीको केन्द्रीय कार्यालयमा न्याय माग्न धर्ना बस्नुपर्ने अवस्था श्रृंजना हुनु बिडम्बनापुर्ण भएको बताए । धनुषाको क्षेत्र नम्बर १ र ४ मा एकपक्षी ढंगले नया क्रियाशील सदस्यता थप्ने काम भएको भन्दै क्रियाशील सदस्यतालाई नेपाली कांग्रेसको मेरुदण्ड मानिन्छ ।
केन्द्रीय क्रियाशिल सदस्यता छानविन समितिले असार महिनामा क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या निरुपण गरि अन्तिम टुंगो लगाउने बताएको थियो । तर, अधिकांश जिल्लामा क्रियाशील सदस्यता वितरण सम्बन्धमा विवाद चुलिँदै गएको छ । दैनिक जसो पार्टी कार्यालयमा धर्ना बस्ने कार्यकर्ता बढ्दै जानुले विवाद समाधान भन्दा पनि जटिल बन्दैगएको पुष्टि गरेको छ ।

डा. कोइरालाले उठाए विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यतामाथि प्रश्न

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजबाट

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियोः कमल थापा

स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो : सभामु…

‘भूपरिवेष्टित मुलुकको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड’

कर्णालीदेखि काठमाडौंसम्म : समृद्धिको आवाज

महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छः डा. कोइराला

प्रतिक्रिया