११ अंकले बढ्यो सेयर बजार, कारोबार पनि बढ्यो

काठमाडौँ : साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार मापन गर्ने नेप्से परिसूचक ११.३३ अंकले बढेको छ । ० दशमलव ३९ प्रतिशतले बढेर नेप्से परिसूचक २८८३.३८ बिन्दुमा पुगेको हो ।
कारोबारमा आएकामध्ये ६ समूहका परिसूचक कमजोर छन् । बैंकिङ समूहको परिसूचक ० दशमलव ३२ प्रतिशतले बढेको छ । उच्च वृद्धि जलविद्युत् र फाइनान्स समूहमा देखिएको छ । जलविद्युत् समूहको परिसूचक एक दशमलव ९८ प्रतिशतले बढेको छ । फाइनान्स समूहको परिसूचक एक दशमलव ९५ प्रतिशतले बढेको छ ।
ङादी ग्रुप प्रालीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी दरको वृद्धि भएको छ । गुर्खाज फाइनान्स लिमिटेडको सेयर कारोबार ३६ करोड रुपैयाँभन्दा बढी छ । आठ अर्ब १४ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ७३ हजार दुई सय ७२ पटकको कारोबारमा पाँच करोड ८५ लाख कित्ता सेयर किनबेच भएको छ । योसँगै बजार पुँजीकरण ४० खर्ब १० अर्ब रुपैयाँ कायम भएको छ ।

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

प्रतिक्रिया