एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिको हितमा जोड्न आग्रह

काठमाडौँ- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विदेशमा सिकेको ज्ञान, सिप र प्रविधिलाई आफ्नो जन्मभूमिको हितमा जोड्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई आग्रह गरेका छन् ।
गैरआवासीय नेपाली संघको नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै उनले अहिले प्रवासमा रहेपनि जन्मभूमिबारे सोच्न आग्रह गरेका हुन् । उनले एनआरएनएभित्र वृहत्तर एकता कायम गरेर अघि बढ्न पनि नयाँ कार्यसमितिलाई सुझाव दिए ।
उपप्रधानमन्त्री सिंहले गैरआवासीय नेपाली संघले नेपालको आर्थीक विकास र समृद्धिका लागि आफ्नो ठाउँबाट सकेको योगदान गरेको चर्चा गर्दै प्रवासमा रहेका आफ्नो दोस्रो पुस्तालाई नेपालसँगको सम्बन्ध नटुटाउनका लागि एनआरएनएले खेलेको भूमिकाको प्रशंसा पनि गरे । उनले सबैले अधिकारको कुरा सँगै जिम्मेवारी बहन गर्नुपर्नेमा पनि जोड दिए ।
उपप्रधानमन्त्री सिंहसँगको भेटमा अध्यक्ष महेश कुमार श्रेष्ठले संसारभर छरिएर रहेका नेपालीहरुलाई एकतावद्ध गरेर आफ्नो कार्यसमिति अघि बढ्ने बताए । आइतबार सम्पन्न एनआरएनएको एकता महाधिवेशनबाट श्रेष्ठ नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको थियो । एनआरएनएको नवनिर्वाचित कार्यसमितिले शहरी विकास मन्त्रालय पुगेर उपप्रधानमन्त्री सिंहसँग भेट गरेको हो ।

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा

रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः प्रमुख सचेतक शाही

नीति तथा कार्यक्रममा राष्ट्र निर्माणको लागि दृढ संकल्प आउन सकेनः सचिव पौडेल

प्रतिक्रिया