मनसुनमा कसरी गर्ने छालाको स्याहार ?

काठमाडौँ : गर्मीबाट राहत पाउनको लागि हरकोही मनसुनको समय कुर्छौं । हपहपी गर्मी भएका बेला पानी परे पनि हुन्थ्यो भन्ने कामना पनि गर्छौं । यसरी हामीले चाहै झैं पानी पनि पर्ला र शितल पनि होला तर यसले थाहै नपाई समस्या पनि निम्त्याई रहेको हुन्छ ।
उच्च तापमान र वायुमण्डलमा विद्यमान हुने जल वाष्प वा आद्रताले बेचैनी बढाउन सक्छ । साथै बिरामी बनाउन सक्छ । यो समय, छालाको लागि खराब पनि हुन सक्छ । चिल्ला छालालाई मात्रै नभई ड्राइ र अन्य सामान्य छाला भएकाहरूलाई पनि अनेक समस्या हुन सक्छन् ।
सामान्य हेरचाहले मात्र नहुन सक्छ । त्यसैले काया क्लिनिककी सल्लाहकार एवं छाला रोग विशेषज्ञ डा सोहम भट्टाचार्यका अनुसार वर्षाको समयमा पनि नियमित रूपमा छालाको ख्याल राख्नुपर्ने सुझाउँछिन् । उनले मनसुनको समयमा ख्याल गर्नुपर्ने केही कुरा इकागजसँग बाँडेकी छिन् ।
१. नियमित छालालाई क्लिन्जिङ, टोनिङ र मोस्चरराइज गर्ने
मनसुनको मौसममा घरबाहिर जानु अघि या घरमै बस्दा नियमित रूपमा छालाको हेरचाहका लागि क्लिन्जिङ, टोनिङ र मोस्चरराइज गरिरहनुपर्छ । साबुन नभएको फेसवास वा क्लिन्जरले अनुहार सफा गर्न सकिन्छ ।
त्यस्तै रक्सी नभएको टोनरहरूको प्रयोग गर्न सकिन्छ । मनसुनको समयमा शुद्ध जैविक जोजोबा तेलयुक्त मोस्चरराइजर पनि प्रयोग गर्न सकिन्छ ।
क्लिन्जिङ र टोनिङपछि रातको समयमा भिटामिन सी युक्त सिरमको प्रयोग गर्नु राम्रो हुन्छ ।
२. सनस्क्रिन प्रयोग गर्न नबिर्सनुहोला
गर्मी होस्, या जाडो, या मनसुन, हरेक मौसममा सनस्क्रिन प्रयोग गर्नुपर्छ । आफ्नो छालाको प्रकृतिअनुसार एसपीएफ १५ देखि ५० सम्मको सनस्क्रिन प्रयोग गर्न डाक्टरहरू पनि सल्लाह दिन्छन् । घाममा निस्कनुपर्दा मात्रै नभई घरभित्रै मोबाइल चलाउँदा होस् या ल्यापटप वा डेक्सटपमा काम गर्दा पनि सनस्क्रिन प्रयोग गर्नुपर्छ । प्रकाशको सम्पर्कमा आउने वा घर बाहिर निस्कनु २० मिनेटअघि सनस्क्रिन प्रयोग गर्नुपर्छ ।
३. आँखाको मुनीको क्षेत्रलाई हाइड्रेटेड राख्नुहोस्
आँखाको मुनी क्षेत्रको छालाको सँधै विशेष ध्यान राख्नुपर्छ । राति यसलाई हाइड्रेटेड राख्दा राम्रो । यसलाई पर्याप्त पोषण युक्त बनाइरहन सिरमको प्रयोग गर्न सकिन्छ । उक्त सिरम ‘एक्टिभ सोया’ र ‘राइस पेप्टिडेस’ जस्ता पदार्थयुक्त भएमा झनै फाइदा पुग्छ ।
४. छाला र शरीर हाइड्रेटेड राख्नुहोस्
आँखा मात्रै होइन, शरीर नै हाइड्रेटेड राख्नुपर्छ । गर्मी वा धुम्म परेको मौसममा शरीरबाट अत्याधिक पसिना आउने हुन्छ । त्यसैले शरीर र छालालाई हाइड्रेटेड राख्नुपर्छ । यसको लागि एन्टिअक्सिडेन्ट युक्त खानेकुराहरू, सलाद, फलफूल खान र भेजिटेबल जुसहरू पिउन सकिन्छ । साथै व्यायाम गर्दा पनि सहज हुने कटन वा लिनेनका कपडा युक्त पहिरन लगाउन सकिन्छ ।

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने

प्रतिक्रिया